मुलुकभर १ लाख २४ हजार ४८ जना अझै फरार | Khabarhub Khabarhub

मुलुकभर १ लाख २४ हजार ४८ जना अझै फरार


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- नेपालमा अझै पनि अदालतले अपराधी ठहर गरेका एक लाख २४ हजार ४८ व्यक्ति फरार रहेका छन् ।

भक्तपुर जिल्ला अदालतले आज आयोजना गरेको फैसला कार्यान्वयनसम्बन्धी अन्तरक्रियामा फैसला कार्यान्वयन एकाइका महानिर्देशक गजेन्द्रबहादुर सिंहले एक लाख २४ हजार ४८ व्यक्ति फरार हुँदा एक लाख ३८ हजार ४२ वर्ष कैद भुक्तानी बाँकी रहेको र फरार अपराधीबाट रु १० अर्बभन्दा बढी रकम असुल हुन बाँकी रहेको बताएका छन् ।

कार्यक्रममा सर्वाेच्च अदालतका रजिस्टार निर्मल ध्वज निरौलाले देशमा हाल फैसला कार्यान्वयनको पाटो सबैभन्दा जटिल अवस्थामा रहेको बताउँदै अदालतले अपराधी ठहर गरेको मानिस हाम्रै समाजमा खुल्लम खुल्ला हिँड्दा कानूनी राज्यको खिल्ली उडेको बताए ।
उनले २०८१ सालसम्ममा २०७५ सालसम्मको सम्पूर्ण फैसला कार्यान्वयन गर्ने गरी पञ्चवर्षीय योजना निर्माण गरी अगाडि बढेको बताउँदै फरार अभियुक्त पक्राउ गर्न अदालत र प्रहरीलाई स्थानीय जनप्रतिनिधि एवं स्थानीय तहले सहयोग गर्नुपर्ने उनले बताए ।

भक्तपुर जिल्लामा मात्रै अदालतले अपराधी ठहर गरेको ९३७ जना अपराधी फरार रहेका छन् । वर्र्षौदेखि फरार रहेका ९३७ अपराधीहरुबाट ४२६ वर्ष ४ दिन कैद फछ्र्योट गर्न बाँकी रहेको भक्तपुर जिल्ला अदालतले जानकारी दिएको छ ।

अदालतले गरेको फैसला कार्यान्वयन नहुँदा अपराधीहरुबाट रु २३ करोड ६ लाख ५६ हजार १९१ जरिवाना असुल गर्न बाँकी भएको अदालतका तहसिलदार सदन अधिकारीले जानकारी दिए ।

अदालतका अनुसार भक्तपुर नगरपालिका भित्रका १६२ अपराधी पक्राउ नपर्दा ५४ वर्ष ३ महिना कैद भुक्तान गर्न बाँकी रहेको र रु दुई करोड ४५ लाख ८८ हजार १६८ असुल गर्न बाँकी रहेको छ ।

यस्तै चाँगुनारायण नगरपालिकामा १०८ जना फरार रहदाँ ३४ वर्ष एक महिना १५ दिन कैद भुक्तान हुन बाँकी रहेको रु सात करोड ८५ लाख २५ हजार ७५९ जरिवाना असुल गर्न बाँकी छ ।

यस्तै सूर्यविनायक नगरपालिकामा ८० जना फरार अपराधीबाट ४० वर्ष एक महिना ११ दिन कैद भुक्तान र रु १० करोड पाँच लाख ५३ हजार ८९४ असुल गर्न बाँकी रहेको छ ।

मध्यपुर थिमि नगरपालिकामा ९८ जना कैद फरार रहँदा ३४ वर्ष चार महिना १६ दिन कैद भुक्तान र रु २१ करोेड ३९६ जरिवाना असुल गर्न बाँकी रहेको अदालतले जनाएको छ ।

अदालतका अनुसार चार नगरपालिकाभन्दा बाहेक अन्य कैद तथा जरिवाना भने काभ्रे दोलखा रामेछाप र सिन्धुपाल्चोक जिल्लामा लगत पठाइएको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा भक्तपुर जिल्ला अदालतका प्रमुख न्यायाधीश जगतनारायण प्रधानले अदालतको सम्पूर्ण फैसला कार्यान्वयनमा प्रहरीसँगै स्थानीय तह, जनप्रतिनिधि र स्थानीय बासिन्दाले पनि सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति नवराज गेलाल, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, चाँगुनारायण नगरपालिकाका उमप्रमुख विना बाँस्तोला, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सविन प्रधान, नेपाल बार एशोसिएशन भक्तपुरका अध्यक्ष रवीन्द्र प्रधान, भक्तपुर नगरपालिकाका प्रशासकीय अधिकृत यमलाल अधिकारीलगायतले अदालतको फैसला कार्यान्वयनमा आफ्नो तवरबाट सहयोग गर्न तत्पर रहेको जनाएका थिए ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  ८ : ४७ बजे

माओवादीले बोलायो पदाधिकारी बैठक, नेताहरूको कार्यविभाजन हुने

काठमाडौं- नेकपा माओवादी केन्द्रले बुधबार बस्ने गरी पदाधिकारी बैठक बोलाएको

२०८४ लक्षित एमालेको घरदैलो कार्यक्रम अभियान  

विराटनगर– टोल र जनताका घरसम्म नेता कार्यकर्ता परिचालन गर्ने गरी

सहासी चुङ्बा : जसले हुम्लामा तीन दिन पछ्याएर खिचेका थिए जंगली याकको फोटो

काठमाडौं- कलेजोको क्यान्सरसँग जुधिरहेका चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पा ६४

अध्यक्ष प्रचण्ड माघ ५ गते ग्रामथान जाने 

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माघ ५

मनाङमा पहिलो हिमपात, किसान खुसी

मनाङ– हिमाली जिल्ला मनाङमा पुसको अन्तिम सातामा हिमपात भएको छ