नेपाल टेलिकममा संस्थागत भ्रष्टाचार मौलाएको भन्दै खबरदारी « Khabarhub

नेपाल टेलिकममा संस्थागत भ्रष्टाचार मौलाएको भन्दै खबरदारी


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारी स्वामित्वको नेपाल टेलिकमको खस्कँदो नाफा तथा परियोजनाहरुमा हुने संस्थागत भ्रष्टाचार मौलाएको भन्दै नागरिक अभियान नेपालको आह्वानमा शुक्रबार नागरिकहरुले खबरदारी सभा गरेका छन् ।

काठमाडौँको भद्रकालीस्थित टेलिकम कार्यालय अगाडि भएको खबरदारी सभामा वरिष्ठ अधिवक्ता ज्योति बाँनिया, भ्रष्टाचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाही, नागरिक अभियान नेपालका हरेराम रिमाल लगायतले टेलिकमको आम्दानी घट्दै जाँदा पनि सरकार र सरोकारवालाहरु सजग नभएको भन्दै चिन्ता व्यक्त गरे ।

भ्रष्टाचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाहीले निजी कम्पनी एनसेल अड्डा अदालतबाट करमा पनि छुट हुँदै जाने, नाफा बढाउँदै जाँदा नेपाल टेलिकमको आम्दानी भने घट्दै गएकोमा चिन्ता व्यक्त गरे । उनले भने –‘सरकार संस्थानलाई देख्नै नहुने भयो, ४४ संस्थान हिजोका दिनमा कौडीको भाऊमा बेचिए, अब टेलिकम पनि त्यस्तै बनाउन खोजिएको छ ।’

उनले फोर जी विस्तारमा नेपाल टेलिकमका अधिकारी विभागीय मन्त्रीसँग मिलेर संस्थागत भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए । उनले भने –‘अहिलेका मन्त्री बाँस्कोटाले नेपाल टेलिकम पनि घाटामा लगेर निजीकरणमा लैजान लागे । ४ अर्बमा एनसेलले फोरजी विस्तार गर्न सक्छ । नेपाल टेलिकमलाई किन १८ अर्ब ? नीतिगत भ्रष्टाचार भएको छ ।’

भ्रष्टाचारका लागि चिनियाँ टेलिकम्युनिकेश हुवावेको डिजाइन रहेको तर्क गर्दै उनले भने–‘अहिले कामको खोजीमा ८० लाख युवा विदेशिएका छन् । तर अर्बौँका परियोजना ओगट्ने हुवावे र उसका कम्पनीहरुले नेपालमा विदेशी कामदार नै ल्याएका छन् ।’

सभामा वरिष्ठ अधिवक्ता ज्योति बाँनियाले नेपाल टेलिकमका कर्मचारी नै टेलिकम बचाउन लाग्नुपर्नेमा विदेशीको प्रभावमा चुप बसेको बताए । उनले भने –‘टेलिकम धराशायी बन्न लागेकाले शासक जिम्मेवार बन्नुपर्छ । फोरजी लगायतमा भएको भ्रष्टाचार र टेलिकमको खस्कँदो नाफाबारे जाँचबुझ आयोग गठन गर्नुपर्छ ।’

नागरिक अभियानका हरेराम रिमालले कर छली गरेर राज्य ठग्ने एनसेलबारे सर्बोच्च अदालतमा फैसलासमेत उल्टिनु, एनसेलले कर छली गर्नुलाई आशंकाको विषय भएको बताए । ठूला परियोजनामा नेपालीले नै काम पाउनुपर्ने भन्दै टेलिकमका ठूला परियोजना ओगटेका कम्पनीहरुले नेपालीहरुलाई नै काम दिनुपर्ने बताए ।

सभामा झण्डै एक सय उपस्थित थिए । सभामा सहभागीहरुले निजी कम्पनी र नेपाल टेलिकमका परियोजना ओगट्ने हुवावे लगायतका कम्पनीका कारण टेलिकम धराशायी बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  १० : ३२ बजे

रातो मच्छिन्द्रनाथलाई बुङ्गमती फर्काइयो (तस्बिरहरू)

काठमाडाैं – जावलाखेलमा भव्य रूपमा भोटो जात्रा सम्पन्न भएलगत्तै वर्षा

दयाहाङ र मिरुनाको नयाँ चलचित्र ‘रातो घेरा’ घोषणा

काठमाडौं – पछिल्लो समय चर्चा कमाएको चलचित्र ‘जारी’ मार्फत दर्शकको

रास्वपा महाधिवेशन : लोगोमा पार्टी सभापति र वरिष्ठ नेताको फोटो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको लोगोमा पार्टी

युद्धविराम उल्लंघनको आरोप लगाउँदै इरानले फेरि बन्द गर्‍यो होर्मुज स्ट्रेट

तेहरान – इरानले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने

रास्वपामा उम्मेदवारी शुल्क : सभापतिलाई ५१ हजार, केन्द्रीय सदस्यलाई ४१ हजार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय