काठमाडौं– नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापाले तनहुँमा नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजलामाथि आक्रमण भएको विषयलाई लिएर सरकारको आलोचना गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटास लेख्दै केही दिन यता लगातार सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले गरेका आक्रमणको घटनालाई लिएर सरकार विरुद्ध आवाज उठाउन सबैलाई आग्रह गरेका हुन् ।
उनले फेसबुकमा लेखेका छन्- अस्ति प्रेसमाथि आक्रमण हुँदा यो पत्रकारको विषय भनेर नबोल्ने, हिजो ज्ञानेन्द्र शाही माथि आक्रमण हुँदा राजावादी भनेर नबोल्ने, आज मिनेन्द्र रिजाल माथि आक्रमण हुँदा कांग्रेसी भनेर नबोल्नेले याद गर्नुहोला- जर्मन विद्वान् Niemöllerले भनेझैं भोलि तपाईंको मुख बन्द गर्दा बोल्दिने कोही बांकी हुनेछैन।
प्रतिक्रिया