बेलायतमा डिसेम्बर १२ मा आम निर्वाचन हुने « Khabarhub

बेलायतमा डिसेम्बर १२ मा आम निर्वाचन हुने


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन–ब्रिटिश संसद्‌को तल्लो सदन हाउस अफ कमन्सले समयअगावै आमनिर्वाचन गराउने प्रधानमन्त्री बोरिस जोनसनको प्रस्ताव बहुमतले पारित गरेको छ।

प्रस्ताव पारित भएसँगै बेलायतमा आउँदो डिसेम्बर १२ मा आमनिर्वाचन हुने पक्कापक्की भएको बीबीसीले जनाएको छ ।

बेलायतमा सन् १९२३ पछि पहिलो पटक डिसेम्बर महिनामा निर्वाचन हुन लागेको हो । निर्वाचनसम्बन्धी विधेयकको पक्षमा ४३८ मत खसेको थियो भने विपक्षमा जम्मा २० जना सांसदहरुले मतदान गरेका थिए ।

अब माथिल्लो सदन हाउस अफ् लर्ड्सले उक्त विधेयक पारित गरे कानून बन्नेछ । माथिल्लो सदनले विधेयक पारित गरेसँगै निर्वाचन प्रचारका लागि पाँच हप्ताको समय बाँकी रहने बताइएको छ ।

प्रधानमन्त्री जोनसनले युरोपियन युनियनबाट बाहिरिने ब्रेक्जिटबारे निर्णय लिने अवसर बेलायती नागरिकलाई दिनुपर्ने बताएका छन् ।

निर्वाचनसँगै ब्रेक्जिट सम्झौताका लागि आफूलाई नयाँ जनादेश दिने र संसद्मा जारी गतिरोध अन्त्य गर्ने प्रधानमन्त्री जोनसनले विश्वास व्यक्त गरेका छन् । पछिल्लो चाँच वर्षमा बेलायतमा यो पाँचौ पटक निर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  ७ : २८ बजे

राष्ट्रिय सभाको बैठक जारी, प्रधानमन्त्री कार्की पहिलो पटक सम्बोधन गर्दै (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय सभाको बैठक सुरु भएको छ । सोमबार प्रधानमन्त्री

राष्ट्रपति पौडेलसँग जापानका विदेश राज्यमन्त्रीको भेटवार्ता

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव हाम्रो

राष्ट्रियसभाको बैठकमा दुई प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा दुई वटा प्रतिवेदन पेस भएको छ

पदच्युत र टिकट नपाएका कांग्रेस नेता जिल्ला फर्कन आनाकानी 

काठमाडौं– देश फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनमय भइसकेको छ ।

तनहुँबाट ६७ निर्वाचन प्रहरी स्याङ्जा पठाइयो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि यहाँबाट