‘ट्वीनी गर्लस्’ लाई मन पर्दैन ‘भाइरल’ को ट्याग « Khabarhub

‘ट्वीनी गर्लस्’ लाई मन पर्दैन ‘भाइरल’ को ट्याग


१५ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सोमवार राजधानीमा चलचित्र ‘लभ डायरिज’ को गीत सार्वजनिक कार्यक्रम थियो । गीतमा ट्वीनी गर्लस् भनेर चिनिएका प्रिन्सा खतिवडा र प्रिज्मा खतिवडा पनि उपस्थित थिए । किनकि, उक्त गीतको भिडियोमा यी दुईको पनि अभिनय थियो ।

यी दुई सामाजिक सञ्जाल ‘टिकटक’ बाट चर्चामा आएका थिए । उनीहरुको क्रेज देखेर चलचित्र ‘लभ डायरिज’ का निर्देशकले चलचित्रको गीतमा अभिनय गराउने निर्णय गरे ।

ट्वीनी गर्ललाई पनि पहिलोपटक फिल्मबाट अफर आउँदा खुशी लागेको थियो । अर्जुन पोखरेलको संगीतमा तयार भएको यो गीत सुनेर यी दुई गीतको भिडियोमा काम गर्न राजी भए ।

सोमवार गीत रिलिज गरियो । लोकशैलीको गीतमा चलचित्रका कलाकार सुशील श्रेष्ठ, रुविना थापा लगायत पनि नाचेको देख्न सकिन्छ ।

कार्यक्रमको प्रश्नोत्तर सेसनमा एक पत्रकारले निर्माण टिमलाई सोधे – तपाईंहरुले यो गीतमा नचाएर ‘ट्वीनी गर्लस्’ लाई ‘युज’ गर्न खोज्नुभएको हो?

पत्रकारको भनाइ थियो, बजारमा भाइरल भएकालाई लिएर फिल्मको प्रचार गर्न खोजिएको भन्ने ।

पत्रकारको यो प्रश्नले एकछिन मौनता छायो । त्यसपछि निर्देशक सौरभ चौधरीले भने – त्यस्तो होइन, उनीहरु चर्चामा आउनु पहिले नै हामीले चिनेका थियौँ । अहिले चर्चामा रहेकाले फिल्मको प्रचारमा फाइदा पुग्छ भनेर भिडियोमा मौका दिएका हौँ ।

लगत्तै प्रिज्माले भनिन् – हामीलाई पनि हामी प्रयोग गरिएको झैँ लाग्दैन । गीत मन परेर नै यसमा काम गर्न सहमति जनाएका हौँ । यसले हामीलाई पनि फाइदा पुर्‍याएको छ ।

प्रिन्सीले थपिन् – बरु यो ‘भाइरल’ भनेर हामीलाई जुन ट्याग लागेको छ । यो चाहिँ होइन जस्तो लाग्छ । हामी त एक वर्षदेखि निरन्तर काम गरिरहेका छौँ । भाइरल त केही छोटो समयका लागि हुन्छ नि होइन र?

‘ट्वीनी गर्लस्’ ले दर्शकले लगाउँदै आएको यो ट्याग मन नपरेको धारणा राखे ।

त्यसो त नेपालमा सामाजिक सञ्जालमार्फत भाइरल हुने र छिट्टै हराउने भइरहन्छ । टिकटकबाट चर्चामा आएका प्रिन्सा र प्रिज्मा भने पछिल्लो समय चर्चामा छन् । यी दुईले आफूहरु छुट्टिएर काम नगर्ने बताउँछन् ।

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  १२ : २३ बजे

जुम्ली किसानले राखे मार्सी धानको बेर्ना

जुम्ला – यहाँको प्रसिद्ध मार्सी धानको बीउ राखिएको छ ।

हाल्यान्डको ह्याट्रिकमा म्यानचेस्टर सिटीको शानदार जित, लिभरपुल पराजित

काठमाडौं – इङ्लिस एफए कप अन्तर्गत क्वार्टरफाइनल खेलमा म्यानचेस्टर सिटीले

प्रहरी ‘अप्रेसन : १८९ जना पक्राउ

काठमाडौं – काठमाडौं प्रहरीले बिचौलिया बनेर कानुनविपरीत काम गर्ने, विभिन्न

४८ घण्टाभित्र सम्झौता गर्न इरानलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानसँग विश्व व्यापारका

परमाणु ऊर्जा केन्द्रमा आक्रमण नगर्न आइएइएको सुझाव, रेडियोविकिरण चुहिने जोखिम

तेहरान – अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आइएइए)ले बुशेहर परमाणु ऊर्जा