दाइजोमा मोटरसाइकल नल्याएपछि श्रीमतीको हत्या « Khabarhub

दाइजोमा मोटरसाइकल नल्याएपछि श्रीमतीको हत्या


१७ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मोटरसाइकल दाइजो नल्याएको निहुँमा श्रीमती हत्या गरेको आरोपमा पिपरा गाउँपालिका–१ का २५ वर्षीय बलेश्वर यादवलाई प्रहरीले बिहीबार पक्राउ गरेको नयाँ पत्रिकामा खबर छ।

२० वर्षीया विमलादेवी यादवको हत्यामा माइती पक्षले किटानी जाहेरी दिएपछि बलेश्वर र उनका बुबा ५५ वर्षीय शंकर यादव पक्राउ परेका हुन्। हत्यामा संलग्न रहेको आरोप लागेका बलेश्वरका दिदीबहिनी र आमा भने फरार रहेको प्रहरीले जनाएको छ। कुटपिट गरी १४ जेठमा विमलादेवीको हत्या भएको थियो।

विमलाका बुबा कमलेशले विवाहमा ज्वाइँ पक्षले मागेअनुसार नगद, सुनचाँदी र अन्य सरसामान दिए पनि मोटरसाइकल दिन नसक्दा छोरीको हत्या गरेको आरोप लगाएका छन्।

‘केटा पक्षको मागअनुसार नै पाँच लाख नगद, दुई भरी सुन, पचास भरी चाँदी, कपडा र सरसामान दिइएको हो। त्यतिवेलै मोटरसाइकल पनि मागेका थिए, तर दिन सकिएन। जेठी छोरीकै विवाहमा लिएको ऋणले थिचेको अवस्था थियो,’ कमलेशले भने, ‘मोटरसाइकल नपाएकै निहुँमा बिहेपछि छोरीलाई यातना दिन थाले। अहिले जीवन नै सिध्याइदिए।’

बलेश्वर र विमलाको तीन वर्षअघि विवाह भएको थियो। प्रहरीले हत्या घटनाको अनुसन्धान भइरहेको जनाएको छ। ‘घटना शंकास्पद छ, अनुसन्धान पूरा भएपछि मात्रै वास्तविकता खुल्छ,’ जिल्ला प्रहरी कार्यालय महोत्तरीका इन्स्पेक्टर विज्ञान बस्नेतले भने।

बजेटको पुरातन प्रवृत्ति : आगामी वर्ष १२% बजेट घाटा शीर्षकमा पत्रिकाले अर्को समाचार छापेको छ । बजेट घाटा अस्वाभाविक रूपमा उच्च हुने गरी बजेट बनाउने प्रवृत्ति यो वर्ष पनि दोहोरिएको छ । आगामी आर्थिक वर्षमा कुल ४ खर्ब ९४ अर्ब रुपैयाँ बजेट घाटा हुने अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा उल्लेख छ। यो चालू आर्थिक वर्षको कुल गार्हस्थ उत्पादन (जिडिपी) को १४ दशमलव २६ प्रतिशत हो।

अर्थमन्त्रीले अपेक्षा गरेअनुरूप आगामी आर्थिक वर्षमा ८ दशमलव ५ प्रतिशत आर्थिक वृद्धि हासिल भयो र मूल्यवृद्धि ६ प्रतिशतमा कायम रह्यो भने पनि बजेट घाटा १२ दशमलव ४५ प्रतिशत हुनेछ। अन्तर्राष्ट्रिय रूपमा कुल गार्हस्थ उत्पादनको ५ प्रतिशतभन्दा बढी बजेट घाटा हुनुलाई राम्रो मानिँदैन।

चालू आर्थिक वर्षको बजेटको सुरु विनियोजनमा पनि जिडिपीको १२ दशमलव २६ प्रतिशत घाटा देखाइएको छ। त्यस्तै, गत आर्थिक वर्ष ०७४/७५ मा जिडिपीको १५ दशमलव २४ प्रतिशत घाटा राखेर बजेट बनाइएको थियो।

प्रकाशित मिति : १७ जेठ २०७६, शुक्रबार  ७ : ०१ बजे

प्रधानमन्त्री शाहले आज विश्वविद्यालयका उपकुलपतिहरूसँग छलफल गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले आज  विश्वविद्यालय र  प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल

इरानी पानी जहाज नियन्त्रणमा लिएको अमेरिकाको दाबी, इरान भन्छ– ‘समुद्री डकैतीको जवाफ दिन्छौँ’

काठमाडौँ– अमेरिकाले स्ट्रेट अफ होर्मुज नजिकैबाट एउटा इरानी पानीजहाज नियन्त्रणमा

कांग्रेस विवादमा सहमति : नेता खड्कामाथिको स्पष्टीकरण फिर्ता लिने तयारी

काठमाडौँ– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवादमा सहमतिको वातावरण बनेको छ

विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदीप ज्ञवाली

काठमाडौँ– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न सरकारसँग जेनजी मुभमेन्टको माग

काठमाडौँ– जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङलाई तत्काल पदबाट बर्खास्त