नेपालमा एस जयशंकरको चर्चा–नेपाल नीतिमा ‘भारतीय चस्मा’ फेरिएला ? | Khabarhub Khabarhub

नेपालमा एस जयशंकरको चर्चा–नेपाल नीतिमा ‘भारतीय चस्मा’ फेरिएला ?


१७ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतमा नरेन्द्र मोदीले दोश्रो कार्यकालका लागि प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिने कार्यक्रममा धेरै नेपालीको चासो भारतीय पूर्वविदेश सचिव एस जयशंकर तिर थियो । उनी मोदीको दोश्रो कार्यकालको मन्त्रिमण्डलका एक महत्वपूर्ण सदस्यको रुपमा शपथ लिँदै थिए ।

धेरै नेपालीले नेपालमाथि भारतले लगाएको नाकाबन्दीको मुख्य योजनाकारका रुपमा जयशंकरलाई लिने गरेका कारण पनि उनको सत्तारोहणलाई चासो पूर्वक हरेका छन् ।

दोस्रो संविधानसभाले संविधान जारी गर्नुअघि भारत सरकारका विशेषदूतको रुपमा जयशंकर नेपाल आएका थिए र उनले संविधान जारी गर्ने मिति पर सार्न र नेपाललाई हिन्दूराज्य बनाउन पहल गरेको आरोप राजनीतिक वृत्तमा लाग्ने गरेको थियो ।

तर उनको माध्यमबाट आएको भारतीय आग्रहलाई तत्कालिन सरकार तथा राजनीतिक दलले अस्वीकार गरेपछि भारत रुष्ट बनेको थियो । त्यसको बदलामा अघोषित रुपमा नेपालमाथि भारतले नाकाबन्दी लगाएको धेरैको बुझाइ रहेको छ ।

२०७२ वैशाख १२ मा नेपालमा आएको विनाशकारी भूकम्पले पु¥याएको क्षतिसँग जुधिरहेको नेपाललाई घनिष्ट भनिएको छिमेकी भारतले असोजदेखि माघसम्म लगाएको अघोषित नाकाबन्दीले थप पीडा दिएको थियो ।

भारतले नेपालको राजनीतिमा ‘माइक्रो म्यानेजमेन्ट गर्छ’ भन्ने आरोपका बीच भारतीय नाकाबन्दीले नेपालीलाई भारतको विरोधमा खडा गराइदियो । नाकाबन्दीभन्दा पहिला नेपाल आएका भारतीय प्रधानमन्त्रीलाई नेपालीले ठूलो मानसम्मान सहित स्वागत र जयजयकार गरेका थिए । तर नाकाबन्दीपछि उनको विरोधहुने सम्मको अवस्था आयो ।

नेपालमा भारतीय राजनीतिक वृत्तबाट भन्दा पनि कर्मचारीतन्त्रबाट नाकाबन्दीको अवस्था बनेको र त्यसमा पूर्वविदेश सचिव एस जयशंकरको मुख्य भूमिका रहेको आशंका नेपालमा हुने गरेको छ ।

स्वभाविक जिज्ञाशा ?

एस जयशंकर मन्त्री बनेसँगै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ट्वीट गरे । जहाँ उनले आम नागरिक जस्तै जयशंकर मन्त्री बन्दा भारत र नेपालबीचको सम्बन्ध कस्तो बन्ला भन्ने स्वभाविक जिज्ञासाको विषय बनेको उल्लेख गरेका छन् । ट्वीटमा उनले लेखेका छन्,‘हाम्रा प्रम ओली भारतीय प्रम मोदीलाई दिल्लीमा बधाइ दिँदै! नेपालको संविधान जारी हुने बेला नेपाल आएर चर्चामा रहेका तत्कालिन भारतीय विदेश सचिव एस जयशंकर अहिले मन्त्री बनेकाले २ देशबीचको समबन्ध आगामी दिनमा कस्तो बन्ला स्वाभाविक जिज्ञासाको विषय बनेको छ । दुबै पक्षले पाठ सिकेर अघि बढौं ।’

नेपाल नीतिमा परिवर्तन ?

भारतीय सत्तामा जो आएपनि विदेश नीतिले खासै असर नगर्ने बताउने गरिएको छ । तर धेरै नेपालीले जयशंकर विदशमन्त्री भएपछि मोदी सरकारले नेपाललाई हेर्ने दृष्टिकोणमा फरक पर्ने आकलन र अनुमान गरिरहेका छन् । तर भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्याय भने यसलाई स्वीकार गर्दैनन् । विदेश नीति र कूटनीतिमा व्यक्ति गौण हुने उनको भनाइ छ ।

‘यो वा त्यो व्यक्ति हुने कुराले कुटनीतिमा कुनै असर गर्दैन’ उपाध्यायले खबरहबसँग भने,‘हिजोसम्म मोदीले नेपाललाई आफैं हेर्थे सायद भोलि पनि आफैं हेर्लान् ।’

उपाध्यायका अनुसार भारतको नीति नेपालमाथि के रहन्छ भन्ने कुराले असर गर्छ, व्यक्तिे कुनै असर गर्दैन ।

त्यस्तै भारतका लागि नेपालका पूर्वराजदूत लोकराज बराल पनि भारतमा जो विदेशमन्त्री भएपनि भारतको अहिलेको नेपाल नीतिले नै निरन्तरता पाउँने बताउँछन् । उनले भने ‘एस जयशङकर विदेशमन्त्री भएपनि भारतको अहिलेकै नीतिले निरन्तरता पाउँछ र हुने भएपनि अलिअलि परिवर्तन होला जस्तो मलाई लाग्छ ।’

विहीवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रोपटक प्रधानमन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ लिइरहँदा उनको मन्त्रिमण्डलका सदस्यको रुपमा नयाँ अनुहार सामेल थिए । जसमध्ये एक नाम हो एस जयशंकर ।

उसो त सुब्रमण्यम जयशंकरले कूटनीतिमा सफता हासिल गरेका छन् । तर क्याविनेट मन्त्रीको रुपमा उनको नियुक्तिबाट यो सिद्ध भएको छ कि सरकारको भरोसा र आवश्यकताको कसीमा उनी खरो रुपमा उत्रिएका छन् ।

एस जयशंकरलाई कूटनीतिक बिरासतमा मिलेको हो । उनको गणना भारतको प्रमुख रणनीतिक विश्लेषकको रुपमा गरिने गरिएको छ । मोदी सरकारकी विदेशमन्त्री सुषमा स्वराजले स्वास्थ्यलाई कारण देखाउँदै यो चुनावमा भाग नलिएपछि जयशंकरले मन्त्री बन्ने अवसर पाएका हुन् ।

यस्तोमा एस जयशंकरलाई प्रधानमन्त्री मोदीले नयाँ क्याबिनेट विदेश मन्त्री बनाउन सक्ने सम्भावनाहरु रहेको आकलन गरिएको थियो ।

जयशंकरले लोकसभा चुनावमा हिस्सा लिएका थिएनन् । त्यसकारण मन्त्री बनिरहनका लागि उनले राज्यसभाको आगामी द्विवार्षिक चुनावमा भाग लिन आवश्यक छ ।

विदेश सचिव यात्रा

सरकारमा आएको आठ महिनाभित्र नै मोदी सरकराले सन् २०१५ मा तत्कालिन विदेश सचिव सुजाता सिंहलाई पदबाट हटाएर एस जयशंकरलाई नियुक्त गरेका थिए ।

सुजाता सिंहको नियुक्ति यूपीए सरकारको बेलामाा भएको थियो र कार्यकाल सकिनुभन्दा पहिला नै उनलाई हटाइएको थियो । दिल्लीको सेन्ट स्टीफन कलेजमा पढेका जयशंकरले राजनीति विज्ञानमा एमफिल गरेका छन् र जेएनयूबाट पीएचडी गरेका छन् । उनले परमाणु कूटनीतिमा विशेषज्ञता हासिल गरेका छन् ।

अन्तर्राष्ट्रिय राजनीतिक क्षेत्रमा जयशंकरको करियर डिप्लोम्याटको रुपमा रहेको छ । विदेश सेवाको रुपमा १९७७ मा भर्ति भएका जयशंकरको पहिलो पोस्टिङ रुसस्थित भारतीय दूतावासमा भएको थियो ।

विदेश मन्त्रालयको उपसचिव पद सम्हाल्नुका साथै उनी संयुक्त राज्य अमेरिकाका लागि भारतीय दूतावासका प्रथम सचिव पनि रहिसकेका छन् । त्यसपछि उनले जापान र चेक गणतन्त्रमा भारतीय राजदूत पद सम्हाले । उनी चीनका लागि पनि भारतीय राजदूत रहिसकेका छन् । चीनसँग सम्वादमार्फत् डोकलाम गतिरोध अन्त्य गराउनमा जयशङ्करको ठूलो भूमिका रहेको बताइन्छ ।

मन्त्रिमण्डलमा के असर ?

वरिष्ठ पत्रकार नीरजना चोधरी एस जयशंकर मन्त्रिमण्डलमा सहभागी हुनु मोदीको वर्तमान मन्त्रिमण्डलको सबैभन्दा महत्वपूर्ण विषय भएको बताउँछिन् । उनले आगामी दिनमा मोदीले अरु यस्तै मानिसलाई मन्त्रिमण्डलमा सहभागी गराउँछन् भन्ने सम्भावनालाई देखाएको बताउँछिन् ।

प्रकाशित मिति : १७ जेठ २०७६, शुक्रबार  १ : ३६ बजे

आजका समाचार : एमालेको महाधिवेशन प्रतिनिधि परिषददेखि अर्थमन्त्री पुन स्वदेश फिर्तासम्म

एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु नेकपा एमालेको महाधिवेशन प्रतिनिधि

उपनिर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छ : गृहमन्त्री लामिछाने

फिक्कल– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं उपप्रधान तथा गृहमन्त्री

नेपाल हङकङसँग पराजित

काठमाडौं- नेपाल हङकङसँग पराजित भएको छ । एसीसी प्रिमियर कप

अमेरिकी विद्युतीय निगरानी उपकरणको प्रयोग गर्न सिनेटको अनुमति

वासिङ्टन– विदेशमा रहेका अमेरिकी गुप्तचर निकायहरूले व्यापक रूपमा प्रयोग गर्ने

खुट्टा तान्नेले जुत्ता मात्रै पाउँछन् : रवि लामिछाने

इलाम– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको साथ रहुन्जेल