मोदीले गरे मन्त्रिपरिषद्‍मा फेरबदल, क–कसलाई कुन मन्त्रालयको जिम्मा ? « Khabarhub

मोदीले गरे मन्त्रिपरिषद्‍मा फेरबदल, क–कसलाई कुन मन्त्रालयको जिम्मा ?


१७ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि गठन गरेको मन्त्रिपरिषद्मा पहिलो मन्त्रिपरिषद्मा फेरबदल गरेका छन् ।

प्रधानमन्त्री मोदी नेतृत्वको सरकारमा सत्तारुढ भारतीय जनता पार्टी भाजपाका अध्यक्ष अमित शाहलाई गृहमन्त्रीको जिम्मेवारी दिइएको छ भने यसअघिका गृहमन्त्री राजनाथ सिंहलाई रक्षामन्त्रीको जिम्मेवारी दिइएको छ । यसअघिकी रक्षामन्त्री निर्मला सीतारमणले भने अर्थमन्त्रीको जिम्मेवारी पाउने भएकी छिन् ।

यसअघिका अर्थमन्त्री अरुण जेटलीले स्वास्थ्यका कारण आफूले नयाँ मन्त्रिपरिषद्मा जिम्मेवारी सम्हाल्न नसक्ने भन्दै प्रधानमन्त्री मोदीलाई पत्र लेखेका थिए । त्यस्तै, निकै लामो समय कुटनीतिज्ञका रुपमा कार्यरत एस जयशंकारलाई विदेशमन्त्रीको पद दिइएको छ ।

विपक्षी दल कांग्रेसका अध्यक्ष राहुल गान्धीलाई परम्परागत निर्वाचन क्षेत्र अमेठीबाट पराजित गरेकी स्मृति इरानीलाई भने महिला बालबालिका विकास मन्त्रालयको नेतृत्व दिइएको छ । नरेन्द्र मोदीले प्रधानमन्त्रीका साथै कार्मिक, जन शिकायत र पेन्शन, परमाणु ऊर्जा, अन्तरिक्ष मन्त्रालय आफैले राखेका छन् ।

राजनाथ सिंह (क्याबिनेट मन्त्री) रक्षा मन्त्रालय, अमित शाह (क्याबिनेट मन्त्री) गृह मन्त्रालय,  नितिन गडकरी (क्याबिनेट मन्त्री) सडक परिवहन एवं राजमार्ग तथा सूक्ष्म, लघु एवं मध्यम उद्यम मन्त्रालय, सदानन्द गौडा (क्याबिनेट मन्त्री) रसायन एवं उर्वरक मन्त्रालय निर्मला सीतारमण (क्याबिनेट मन्त्री) वित्त एवं कर्पाेरेट मामिला मन्त्रालयको जिम्मेवारीमा छन् ।

राम विलास पासवान (क्याबिनेट मन्त्री) उपभोक्ता मामिला, खाद्य एवं सार्वजनिक वितरण मन्त्रालय नरेन्द्र सिंह तोमर (क्याबिनेट मन्त्री) कृषि एवं किसान कल्याण, ग्रामीण विकास तथा पंचायती राज मन्त्रालय रविशंकर प्रसाद (क्याबिनेट मन्त्री) कानून एवं न्याय, संचार तथा इलेक्ट्रानिक एवं सूचना मन्त्रालय हरसिमरत कौर बादल (क्याबिनेट मन्त्री) खाद्य प्रसंस्करण उद्योग मन्त्रालय छानिएका छन् ।

त्यस्तै एस. जयशंकर (क्याबिनेट मन्त्री) विदेश मन्त्रालय, रमेश पोखरियाल निशंक (क्याबिनेट मन्त्री) मानव संसाधन विकास मन्त्रालय, थावर चंद गहलोत (क्याबिनेट मन्त्री) सामाजिक न्याय एवं सशक्तिकरण मन्त्रालय, अर्जुन मुण्डा (क्याबिनेट मन्त्री) आदिवासी मामिला मन्त्रालय, स्मृति ईरानी (क्याबिनेट मन्त्री) महिला एवं बाल विकास तथा कपडा मन्त्रालय, हर्षवद्र्धन (क्याबिनेट मन्त्री) स्वास्थ्य एवं परिवार कल्याण, विज्ञान तथा प्रोद्योगिकी, भूविज्ञान मन्त्रालय प्रकाश जावडेकर (क्याबिनेट मन्त्री) पर्यावरण, वन एवं जलवायु परिवर्तन तथा सूचना एवं प्रसारण मन्त्रालय , पीयूष गोयल (क्याबिनेट मन्त्री) रेलवे तथा वाणिज्य एवं उद्योग मन्त्रालय धर्मेन्द्र प्रधान (क्याबिनेट मन्त्री) पेट्रोलियम एवं प्राकृतिक ग्याँस तथा इस्पात मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

 

मुख्तार अब्बास नकबी (क्याबिनेट मन्त्री) अल्पसंख्यक मामिला मन्त्रालय प्रह्लाद जोशी (क्याबिनेट मन्त्री) संसदीय मामिला, कोइला तथा खानी मन्त्रालय महेन्द्रनाथ पाण्डेय (क्याबिनेट मन्त्री) कौशल विकास एवं उद्यमिता मन्त्रालय अरविन्द सावन्त (क्याबिनेट मन्त्री) भारी उद्योग एवं सार्वजनिक उद्यम मन्त्रालय गिरिराज सिंह (क्याबिनेट मन्त्री) पशुपालन, डेरी तथा मत्स्य पालन मन्त्रालय गजेन्द्र सिंह शेखावत (क्याबिनेट मन्त्री) जल शक्ति मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

प्रकाशित मिति : १७ जेठ २०७६, शुक्रबार  ४ : ३९ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी