१३ औं सागका लागि खेलाडी बन्द प्रशिक्षणमा « Khabarhub

१३ औं सागका लागि खेलाडी बन्द प्रशिक्षणमा


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १३ औं दक्षिण एशियाली खेलकुद सागलाई लक्षित गरी खेलाडीहरुलाई बन्द प्रशिक्षणमा बोलाइएको छ । विशेष प्रशिक्षणमा रहेका खेलाडीहरुले विहीबार (भोलि)देखि बन्द प्रशिक्षण थाल्नेछन् ।

मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा आयोजना हुन लागेको साग खेलका लागि आठौं राष्ट्रिय खेलकुदबाट छनोट भएका खेलाडीहरुलाई बन्द प्रशिक्षणमा बोलाइएको हो ।

केही खेलका खेलाडीहरुलाई देश भित्र प्रशिक्षण दिनका लागि विदेशी प्रशिक्षक ल्याइएको र केही खेलका खेलाडीहरुलाई वैदेशिक प्रशिक्षणमा पनि पठाइएको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले बताए ।

यसअघिका सदस्यसचिव केशबकुमार विष्टले सागमा प्रतिस्पर्धा गर्ने खेलाडीहरुका लागि राखेप च्याम्पियनसिप गराउने बताएका थिए । तर राखेप च्याम्पियनसिप नगर्ने मनस्थीतिमा पनि राखेपको पुगेको बताइएको छ ।

नेपालमा आयोजना हुने सागमा २७ खेल समावेश हुँदा नेपालबाट ६ सय ४४ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । त्यसमा ३ सय ३० पुरुष र ३ सय १४ महिला खेलाडी हुने छन् ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ६ : २७ बजे

कृष्णभीर अवरुद्ध भएपछि हेटौँडा–काठमाडाैं मार्गमा सवारी चाप

हेटौँडा – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि वैकल्पिक

भोटेकोशी बाढी : बर्दियाका १३५ जनाको उद्धार

बर्दिया – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको

भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग

कञ्चनपुर – कञ्चनपुरको लिटिल बुद्ध एकेडेमीले भोटेकोशी बाढीपीडितका लागि रु

भोटेकोशी बाढी : एक हजार २०४ शव फेला

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीमा परी मृत्यु भएका एक हजार

भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो

रूपन्देही – भोटेकोशी नदीमा गएको बाढीमा बगेर भारत पुगेका नौ