दक्षिण कोरियाली कल्टकी धर्मगुरुलाई ६ वर्षको जेल सजाय « Khabarhub

दक्षिण कोरियाली कल्टकी धर्मगुरुलाई ६ वर्षको जेल सजाय


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोल– दक्षिण कोरियाली एक धर्मान्ध समूह अर्थात् कल्टकी धर्मगुरुलाई ६ वर्षको जेल सजाय सुनाइएको छ ।

ग्रेस रोड चर्च नामक धर्मान्ध समूह अर्थात् कल्टकी प्रमुख धर्मगुरु शिन ओक–जूलाई दक्षिण कोरियाको शुवोन जिल्ला अदालतले ६ वर्षको सजाय सुनाएको हो । उनले ४ सय जनाभन्दा धेरैलाई धर्मको त्रास देखाएर सन् २०१४ मा दक्षिण प्रशान्त महासागरमा अवस्थित मुलुक फिजी पुर्‍याएको र उनीहरुविरुद्ध त्यहाँ हिंसा भएको, बाल दूराचार भएको तथा ठगी भएको अभियोगमा गत सोमबार अदालतले ती धर्मगुरुलाई दोषी ठहर गरेको थियो ।

त्यसबेला उनले विश्वमा खडेरी पर्ने निश्चित रहेको र त्यसबाट जोगिनका लागि फिजी उपयुक्त स्थान रहेको भन्दै आफ्ना शिष्यहरुलाई प्रवचन दिने गरेकी थिइन् । उनको प्रवचन पत्याएर मानिसहरु सन् २०१४ मा फिजी पुगेका थिए ।

फिजी पुगेका मानिसहरुको पासपोर्ट खोसेर उनीहरुलाई ‘राक्षस भगाउन’ भन्दै नराम्ररी कुटपिट गरिएको थियो ।

यद्यपि फिजीको राजधानी सुभा नजिकैको क्षेत्रमा उनीहरुको व्यावसाय भएको र त्यहाँ श्रम गर्न आवश्यक जनशक्ति पूर्ति गर्नका लागि दक्षिण कोरियाबाट मानिसहरुलाई त्यसतर्फ लैजाने गरिएको पछि खुलासा भएको थियो ।

पीडितलाई शारीरिक मात्र नभइ मानसिक तथा मनोवैज्ञानिक यातना समेत दिइने गरेको दक्षिण कोरियाली अदालतको ठहर छ । धर्मको नाममा हुने हिंसालाई कानूनी उन्मुक्ती दिन नसकिने अदालतको फैसलामा उल्लेख छ । ती धर्मगुरुबाहेक अरु ५ जनालाई समेत यस अभियोगमा सजाय सुनाइएको छ ।

यसबारे चर्चले कुनै प्रतिक्रिया दिएको छैन । यस चर्चमा दशौं हजार दक्षिण कोरियाली आबद्ध रहेको बताइन्छ । दक्षिण कोरियामा यीबाहेक यस्ता धेरै कल्टहरु अझै सक्रिय रहेको बताइन्छ ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ९ : १५ बजे

रविले बोलाए अर्को सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

आईजीपी कार्कीबारे खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हट्यो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त

बाँदरलाई हानेको गोली लागेर एक जनाको मृत्यु

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा बाँदरलाई हानेको गोली लागेर

ट्राफिक प्रहरीले फेला पारेका ५० मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई बुझायो

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका