दक्षिण कोरियाली कल्टकी धर्मगुरुलाई ६ वर्षको जेल सजाय « Khabarhub

दक्षिण कोरियाली कल्टकी धर्मगुरुलाई ६ वर्षको जेल सजाय


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोल– दक्षिण कोरियाली एक धर्मान्ध समूह अर्थात् कल्टकी धर्मगुरुलाई ६ वर्षको जेल सजाय सुनाइएको छ ।

ग्रेस रोड चर्च नामक धर्मान्ध समूह अर्थात् कल्टकी प्रमुख धर्मगुरु शिन ओक–जूलाई दक्षिण कोरियाको शुवोन जिल्ला अदालतले ६ वर्षको सजाय सुनाएको हो । उनले ४ सय जनाभन्दा धेरैलाई धर्मको त्रास देखाएर सन् २०१४ मा दक्षिण प्रशान्त महासागरमा अवस्थित मुलुक फिजी पुर्‍याएको र उनीहरुविरुद्ध त्यहाँ हिंसा भएको, बाल दूराचार भएको तथा ठगी भएको अभियोगमा गत सोमबार अदालतले ती धर्मगुरुलाई दोषी ठहर गरेको थियो ।

त्यसबेला उनले विश्वमा खडेरी पर्ने निश्चित रहेको र त्यसबाट जोगिनका लागि फिजी उपयुक्त स्थान रहेको भन्दै आफ्ना शिष्यहरुलाई प्रवचन दिने गरेकी थिइन् । उनको प्रवचन पत्याएर मानिसहरु सन् २०१४ मा फिजी पुगेका थिए ।

फिजी पुगेका मानिसहरुको पासपोर्ट खोसेर उनीहरुलाई ‘राक्षस भगाउन’ भन्दै नराम्ररी कुटपिट गरिएको थियो ।

यद्यपि फिजीको राजधानी सुभा नजिकैको क्षेत्रमा उनीहरुको व्यावसाय भएको र त्यहाँ श्रम गर्न आवश्यक जनशक्ति पूर्ति गर्नका लागि दक्षिण कोरियाबाट मानिसहरुलाई त्यसतर्फ लैजाने गरिएको पछि खुलासा भएको थियो ।

पीडितलाई शारीरिक मात्र नभइ मानसिक तथा मनोवैज्ञानिक यातना समेत दिइने गरेको दक्षिण कोरियाली अदालतको ठहर छ । धर्मको नाममा हुने हिंसालाई कानूनी उन्मुक्ती दिन नसकिने अदालतको फैसलामा उल्लेख छ । ती धर्मगुरुबाहेक अरु ५ जनालाई समेत यस अभियोगमा सजाय सुनाइएको छ ।

यसबारे चर्चले कुनै प्रतिक्रिया दिएको छैन । यस चर्चमा दशौं हजार दक्षिण कोरियाली आबद्ध रहेको बताइन्छ । दक्षिण कोरियामा यीबाहेक यस्ता धेरै कल्टहरु अझै सक्रिय रहेको बताइन्छ ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ९ : १५ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले