सर्वोच्चमा मुद्दा फर्छ्योट दर घट्यो « Khabarhub

सर्वोच्चमा मुद्दा फर्छ्योट दर घट्यो


१४ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जिल्ला र उच्च अदालतले वार्षिक लक्ष्यअनुसार मुद्दा फर्छ्योटमा सफलता हासिल गर्दा सर्वोच्च अदालतमा भने फर्छ्योट दर घटेको छ । वि.सं. २०७५ असार मसान्तको तुलनामा गत असार मसान्तसम्म फर्छ्योट दर आठ प्रतिशतले घटेको छ । सङ्ख्या र प्रतिशत दुवैमा फर्छ्योट दर घटेको हो । मुद्दा तथा रिटको फर्छ्योट दर असार मसान्तसम्म २८ प्रतिशत रहेको छ । वि.सं. २०७५ असारसम्म सर्वोच्चले ३६ प्रतिशत मुद्दा फर्छ्योट गरेको थियो ।

यो वर्ष सर्वोच्चले मुद्दा, रिट, निवेदन तथा फुटकर निवेदनलाई फरकफरक रूपमा विश्लेषण गरेको छ । विश्लेषणअनुसार उच्च र जिल्ला अदालतमा भने फर्छ्योट दरमा सुधार छ । उच्चमा मुद्दा, रिट, निवेदन तथा फुटकर निवेदनलाई फरकफरक रूपमा विश्लेषण गरिएको छ । विश्लेषणसहितको मूल प्रतिवेदन सर्वोच्चले तयार पारिसकेको भने छैन ।

सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले अघिल्लो वर्षको तुलनामा सर्वोच्चको मुद्दा फर्छ्योटको सङ्ख्या र प्रतिशत दुवै घटेको बताए । अन्य अदालतहरूको हकमा भने वार्षिक लक्ष्यअनुसार फर्छ्योट भएको बताए । उनले भने, ‘‘सर्वोच्चको हकमा हामीले लक्ष्यअनुसार फर्छ्योट गर्न सकेका छैनौँ । उच्च र जिल्लाको हकमा वार्षिक लक्ष्यअनुसार फर्छ्योट भएको छ । सर्वोच्चमा रिटमा नै धेरै समय व्यतित भइरहेको छ । अन्तरिम आदेश हुने वा नहुनेमा नै धेरै समय लाग्छ । यसले गर्दा पनि मुद्दा फर्छ्योटमा केही असरचाहिँ परेको छ । ’’

सर्वोच्चमा मुद्दा तथा रिटको लगत २०७५ असार मसान्तसम्म कुल ३० हजार ४८९ रहेकोमा ११ हजार २८ फर्छ्योट भएका थिए । जसमा जिम्मेवारी सरेका मुद्दा २० हजार ९८८ थान रहेका थिए । कुल मुद्दामा १९ हजार ४६१ थान मुद्दाको जिम्मेवारी सरेको थियो । कुल मुद्दाको ३६ प्रतिशत मुद्दा फर्छ्योट भएका थिए ।

सर्वोच्च अदालतमा जिम्मेवारी सरेकासहित जम्मा ३२ हजार ६०६ मुद्दा दर्ता भएका थिए । जसमा नौ हजार २०६ मुद्दा फर्छ्योट भएका छन् । कुल मुद्दा अनुसार फर्छ्योट दर २८ प्रतिशत हो ।

वार्षिक लक्ष्य भने १७ हजार ७९९ को थियो । सर्वोच्चमा दुई वर्ष नाघेका मुद्दा नौ हजार ५७५ छन् । डेढ वर्ष नाघेका मुद्दा ११ हजार १६५ रहेका छन् । अघिल्लो वर्षको तुलनामा आठ प्रतिशत कम फर्छ्योट भएका छन् । नयाँ दर्तातर्फ भने अघिल्लो वर्षको तुलनामा तीन हजार ६३८ भन्दा बढी मुद्दा दर्ता भएका छन् ।

उच्च अदालतहरूले वार्षिक लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट गरेका छन् । २८ हजार ९१६ लक्ष्य राखिएकोमा ३० हजार ७९७ मुद्दा फर्छ्योट भएका छन् । उच्च अदालतमा लगतसमेत गरी ४५ हजार ९५२ मुद्दा कायम रहेका थिए । कुल लगतको ६७ प्रतिशत मुद्दा असार मसान्तसम्ममा उच्च अदालतहरूले फर्छ्योट गरेका छन् । उच्च अदालतहरूले अघिल्लो वर्ष मुद्दा, रिट र फुटकर निवेदनसमेत गरी ७१ प्रतिशत मुद्दा फर्छ्योट गरेका थिए । हालको फर्छ्योट दरमा निवेदनको सङ्ख्या समावेश छैन ।

जिल्ला अदालतको फैसला पनि करिब लक्ष्य नजिक छ । जिम्मेवारी सरेका ५७ हजार ३१६ समेत गरी एक लाख ५७ हजार ७२१ मुद्दा चालू वर्षमा थिए । जसमा असार मसान्तसम्म ९३ हजार ९४२ फर्छ्योट भएका छन् । कुल मुद्दाको ६० प्रतिशत मुद्दा फर्छ्योट भएका छन् । जिल्ला अदालतहरूमा अब ६३ हजार ७७९ मुद्दा बाँकी छन् । जिल्ला अदालतमा चार हजार १५७ मुद्दा १८ महिना नाघेका छन् भने दुई वर्ष नाघेका मुद्दा तीन हजार २२० छन् ।

प्रकाशित मिति : १४ भाद्र २०७६, शनिबार  ७ : ३० बजे

रातो मच्छिन्द्रनाथलाई बुङ्गमती फर्काइयो (तस्बिरहरू)

काठमाडाैं – जावलाखेलमा भव्य रूपमा भोटो जात्रा सम्पन्न भएलगत्तै वर्षा

दयाहाङ र मिरुनाको नयाँ चलचित्र ‘रातो घेरा’ घोषणा

काठमाडौं – पछिल्लो समय चर्चा कमाएको चलचित्र ‘जारी’ मार्फत दर्शकको

रास्वपा महाधिवेशन : लोगोमा पार्टी सभापति र वरिष्ठ नेताको फोटो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको लोगोमा पार्टी

युद्धविराम उल्लंघनको आरोप लगाउँदै इरानले फेरि बन्द गर्‍यो होर्मुज स्ट्रेट

तेहरान – इरानले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने

रास्वपामा उम्मेदवारी शुल्क : सभापतिलाई ५१ हजार, केन्द्रीय सदस्यलाई ४१ हजार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय