अधिकांश स्वास्थ्य संस्था न्यूनतम मापदण्डविहीन | Khabarhub Khabarhub

अधिकांश स्वास्थ्य संस्था न्यूनतम मापदण्डविहीन


१४ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशभरका अधिकांश स्वास्थ्य संस्था न्यूनतम मापदण्डविहीन रहेको पाइएको छ ।

देशभर रहेका अधिकांश जिल्ला अस्पताल, स्वास्थ्य चौकीदेखि केन्द्रीय अस्पतालहरूले न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा नल्याउँदा पनि उनीहरूमाथि कुनै कारबाही हुन सकेको छैन । सरकार मातहत रहेका १६ वटै अस्पतालले फार्मेसी, इमर्जेन्सी, ओपीडी, जनरल वार्ड, सीसीयू, आईसीयू, एक्सटेन्डेड हस्पिटल, फोहरमैला व्यवस्थापनलगायतका सेवा दिने क्रममा न्यूनतम मापदण्डसमेत पूरा नगरेको संसदीय समितिले ठहर गरेको थियो ।

न्यूनतम सेवा मापदण्डअन्तर्गत अस्पतालको सूचना प्रणाली व्यवस्थापन, सुशासन र व्यवस्थापन, पूर्वाधार, चिकीत्सकीय सेवा, फोहरमैला व्यवस्थापन, फार्मेसी, इमर्जेन्सी, ओपीडी, जनरल वार्डलगायत पर्छन् ।

गत वैशाखमा त्रिवि शिक्षण अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, नेपाल सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल, मानवअंग प्रत्यारोपण केन्द्र, पाटन अस्पताल, सशस्त्र प्रहरी अस्पताललगायतलाई फोहोरमैला व्यवस्थापनको कार्ययोजना पेस गर्न समितिले आग्रह गरेको थियो ।

प्रकाशित मिति : १४ भाद्र २०७६, शनिबार  ७ : ५५ बजे

नाइजेरियामा सर्वसाधारणमाथि हवाई आक्रमण, १६ जनाको मृत्यु

नाइजेरिया– अफ्रिकी देश नाइजेरियाको उत्तरपश्चिमी राज्य जाम्फारामा आइतबार भएको सैन्य

नयाँ पाइपलाइनको परीक्षण सम्पन्न

काठमाडौं– काठमाडौँ उपत्यकामा खानेपानी वितरणका लागि बिछ्याइएका नयाँ पाइपलाइनको परीक्षण

वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्‍का तत्कालीन निर्देशक ठाकुर पक्राउ

जनकपुरधाम- वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन निर्देशक बलराम ठाकुर

माओवादीले बोलायो पदाधिकारी बैठक, नेताहरूको कार्यविभाजन हुने

काठमाडौं- नेकपा माओवादी केन्द्रले बुधबार बस्ने गरी पदाधिकारी बैठक बोलाएको

२०८४ लक्षित एमालेको घरदैलो कार्यक्रम अभियान  

विराटनगर– टोल र जनताका घरसम्म नेता कार्यकर्ता परिचालन गर्ने गरी