पाकिस्तानमा बस दुर्घटना, २४ जनाको मृत्यु « Khabarhub

पाकिस्तानमा बस दुर्घटना, २४ जनाको मृत्यु


१४ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद– यात्रुबहाक बस नदीमा खस्दा पाकिस्तानमा २४ जनाको मृत्यु भएको छ ।

पाकिस्तानको खैबर पाख्तुन्ख्वा प्रान्तमा पर्ने कोहिस्तान जिल्लामा भएको दुर्घटनामा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

एक जना वरिष्ठ प्रहरी अधिकारीले शनिबार दिएको जानकारी अनुसार नदीमा खसेको बसमा रहेका सवै जनाको मृत्यु भएको हो ।

मृत्यु भएका मध्ये १५ जना पुरुष, पाँच जना महिला र चार जना बालबालिका रहेका छन् । उनीहरु पारिवारिक कार्यक्रममा सहभागी हुन जाँदै गरेको बेला दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला सदरमुकामदेखि निकै दुर्गम क्षेत्रमा पर्ने ठाँउमा शुक्रबार राती दुर्घटना भएको हो ।

प्रहरीलाई भने धेरै ढिला मात्रै थाहा भएको थियो ।
दुर्गम क्षेत्र भएको र प्रहरीले ढिला थाहा पाएकाले उद्धार कार्यमा पनि ढिला भई कसैलाई बचाउन नसकिएको प्रहरीको भनाई छ ।

जिल्ला सदारमुकाम डास्सुदेखि डारा बाङ्रोतर्फ जाँदै गरेको बेला दुर्घटना भएको जनाइएको छ ।

प्रहरी र उद्धारकर्मीहरुको टोली घटनास्थलमा पुग्दा अँधेरो भएकाले उद्धार कार्यमा कठिनाई भएको प्रहरी अधिकारीहरुले बताएका छन् ।

प्रकाशित मिति : १४ भाद्र २०७६, शनिबार  ३ : ४० बजे

भोजपुरको षडानन्दमा प्राङ्गारिक कफीखेती कार्यक्रम

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकाले गरिबी निवारण र किसानको दिगो आयआर्जन

‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’

जनकपुरधाम– गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनलाई सफल बनाउनु सुरक्षा निकायमा आबद्ध

सभापति छाड्न नमानेका देउवाले कांग्रेसलाई फुट्नबाट जोगाउन दिए यी विकल्प

काठमाडौं- नेपाली कांग्रेसको सभापति पद त्याग्न तयार नभएका शेरबहादुर देउवाले

‘एलओडी क्लब’ डिजे म्यागको पुन: नोमिनेसनमा

काठमाडौं– ठमेलस्थित ‘एलओडी’ क्लब ‘ डिजे म्याग टप १००’ को

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,