भारतको महाराष्ट्रमा रासायनिक कारखानामा विष्फोट, २० जनाको मृत्यु « Khabarhub

भारतको महाराष्ट्रमा रासायनिक कारखानामा विष्फोट, २० जनाको मृत्यु


१४ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– भारतको महाराष्ट्र राज्यको धूले जिल्लामा रहेको एक रासायनिक कारखानामा विष्फोट हुँदा कम्तीमा २० जनाको ज्यान गएको छ । धूले जिल्लाको शिरपुर क्षेत्रमा रहेको रासायनिक कारखानामा विष्फोट भएको हो ।

विष्फोटमा अरु ५० भन्दा धेरै घाइते भएका छन् । कारखानामा एक्कासी आगो लागेपछि शक्तिशाली विष्फोट भएको थियो । विष्फोटको आवाज केही किलोमिटर टाढाका गाउँसम्म सुनिएको स्थानीयले बताएका छन् ।

विष्फोट भएका बेला कारखाना आसपास कम्पन महशुस गरिएको भातीय सञ्चारमाध्यमले जनाएका छन् । आगलागीको कारण स्पष्ट हुन सकेको छैन । अधिकारीले कारखानाभित्र अझै केही मानिसहरु फसेको हुनसक्ने बताएका छन् ।

भारतीय गृहमन्त्री अमित शाहले विष्फोटनप्रति दुःख व्यक्त गरेका छन् । यस विषयमा गृहमन्त्री शाहले महाराष्ट्र राज्यका मुख्यमन्त्री देवेन्द्र फडणविजसँग कुराकानी गरेको र मृतकका परिवारलाई ५ लाख राहतको घोषणा गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १४ भाद्र २०७६, शनिबार  ४ : ५१ बजे

कांग्रेस देउवा समूहले मंसिर २१ देखि महाधिवेशन गर्ने, भदौ २५ भित्र जिल्ला अधिवेशन तयारी समिति बनाइसक्ने

काठमाडौं- नेपाली कांग्रेसमा शेरबहादुर देउवा नेतृत्वको समूहले पार्टीको १५औँ महाधिवेशनको

माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाबाट ५५७ जना अझै सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीको कारण

देशकै छातीमा वज्रपात भयो, सबै दल र नागरिक जुटेर सामना गरौँ : प्रधानमन्त्री (पूर्णपाठ)

काठमाडौं– रसुवास्थित भोटेकोशीमा भदौ १० गते बुधबार आएको विनाशकारी बाढीले

सेनालाई धन्यवाद होइन, तलब बढाउनुपर्छ : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले विपद्का बेला

हामी साथमा छौँ, सरकारले अझ व्यापक काम गरोस् : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले बाढीपहिरोका कारण