भारतको महाराष्ट्रमा रासायनिक कारखानामा विष्फोट, २० जनाको मृत्यु « Khabarhub

भारतको महाराष्ट्रमा रासायनिक कारखानामा विष्फोट, २० जनाको मृत्यु


१४ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– भारतको महाराष्ट्र राज्यको धूले जिल्लामा रहेको एक रासायनिक कारखानामा विष्फोट हुँदा कम्तीमा २० जनाको ज्यान गएको छ । धूले जिल्लाको शिरपुर क्षेत्रमा रहेको रासायनिक कारखानामा विष्फोट भएको हो ।

विष्फोटमा अरु ५० भन्दा धेरै घाइते भएका छन् । कारखानामा एक्कासी आगो लागेपछि शक्तिशाली विष्फोट भएको थियो । विष्फोटको आवाज केही किलोमिटर टाढाका गाउँसम्म सुनिएको स्थानीयले बताएका छन् ।

विष्फोट भएका बेला कारखाना आसपास कम्पन महशुस गरिएको भातीय सञ्चारमाध्यमले जनाएका छन् । आगलागीको कारण स्पष्ट हुन सकेको छैन । अधिकारीले कारखानाभित्र अझै केही मानिसहरु फसेको हुनसक्ने बताएका छन् ।

भारतीय गृहमन्त्री अमित शाहले विष्फोटनप्रति दुःख व्यक्त गरेका छन् । यस विषयमा गृहमन्त्री शाहले महाराष्ट्र राज्यका मुख्यमन्त्री देवेन्द्र फडणविजसँग कुराकानी गरेको र मृतकका परिवारलाई ५ लाख राहतको घोषणा गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १४ भाद्र २०७६, शनिबार  ४ : ५१ बजे

भोजपुरको षडानन्दमा प्राङ्गारिक कफीखेती कार्यक्रम

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकाले गरिबी निवारण र किसानको दिगो आयआर्जन

‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’

जनकपुरधाम– गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनलाई सफल बनाउनु सुरक्षा निकायमा आबद्ध

सभापति छाड्न नमानेका देउवाले कांग्रेसलाई फुट्नबाट जोगाउन दिए यी विकल्प

काठमाडौं- नेपाली कांग्रेसको सभापति पद त्याग्न तयार नभएका शेरबहादुर देउवाले

‘एलओडी क्लब’ डिजे म्यागको पुन: नोमिनेसनमा

काठमाडौं– ठमेलस्थित ‘एलओडी’ क्लब ‘ डिजे म्याग टप १००’ को

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,