नेपाल प्रहरीका ३५ एसएसपीहरुको सरुवा (सूचीसहित) « Khabarhub

नेपाल प्रहरीका ३५ एसएसपीहरुको सरुवा (सूचीसहित)


१४ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृह मन्त्रालयले ३५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको सरुवा गरेको छ ।

गृह मन्त्रालयअन्तर्गत प्रहरी प्रधान कार्यालयको मानवस्रोत एवं प्रशासन विभागले १३ भदौमा भएको गृहमन्त्रीस्तरीय निर्णयअनुसार ३८ एसएसपीको सरुवा गरिएको जनाएको छ । प्रहरी प्रधान कार्यालयले शनिबार एक विज्ञप्ति जारी गर्दै सरुवाको जानकारी दिएको हो ।

उनीहरूले भदौ महिनादेखिकै तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाटै खान पाउने गरी एसपीहरूको सरुवा गरिएको बताइएको छ ।

सरुवा सूचीअनुसार ललितपुरमा टेकप्रसाद राईलाई ल्याइएको छ भने महानगरीय ट्राफिक महाशाखामा भिमप्रसाद ढकालको सरुवा भएको छ ।

त्यस्तै ललितपुरको प्रहरी प्रमुखको रुपमा कार्यरत रविन्द्रबहादुर धानुकलाई प्रहरी प्रधान कार्यालयको कार्य विभागमा सरुवा गरिएको छ भने महानगरीय प्रहरी परिसर काठमाडौंमा यसअघि काज सरुवा भएका उत्तमराज सुवेदीको सोही स्थानमा दरबन्दी कायम भएको छ ।

तालिम केन्द्र अन्तर्गत बुटवल तालिम केन्द्रको समादेशकमा डा. गणेश रेग्मी, पोखरामा दिवेश लोहनी, दुधौलीमा सन्दीप भण्डारी, नेपालगन्जमा मसाउद आलम खाँ, दिपायलमा प्रदीपकुमार श्रेष्ठ र जनकपुर तालिम केन्द्रमा हरिराज वाग्लेको सरुवा भएको छ । त्यसैगरी प्रहरी युक्ति तालिम महाबिद्यालय जर्गाहा नवलपरासीको प्रमुखमा एसएसपी वसन्त कुवँरको सरुवा भएको छ ।

हुर्नुहोस् सूची

प्रकाशित मिति : १४ भाद्र २०७६, शनिबार  ५ : १६ बजे

सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

चितवन– चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा

गृहमन्त्री सुदन गुरुङलाई नमागेको सल्लाह

नेपालको राजनीतिमा अहिले एउटा नयाँ पुस्ताको आशा र अपेक्षा जोडिएको

दास व्यापार तथा उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस

नख्खु कारागारमा निःशुल्क आँखा शिविर, कैदीबन्दी लाभान्वित

काठमाडौँ– नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले नख्खु कारागार र कुपण्डोलस्थित गुरुद्वारा

कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा १२ कोठा थप

बागलुङ– कक्षाकोठा अभाव झेल्दै आएको बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङस्थित सरस्वती