६ करोड लगानीमा पोखरामा ‘स्पोर्टस क्यासल’ « Khabarhub

६ करोड लगानीमा पोखरामा ‘स्पोर्टस क्यासल’


१४ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरा महानगरपालिका–४ रामकृष्णटोलमा साढे छ रोपनी क्षेत्रफलमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको फुटसल मैदान तथा व्यायामशाला सहितको ‘स्पोर्टस क्यासल’ सञ्चालनमा आएको छ ।

पूर्वराष्ट्रिय फुटबल खेलाडी ईश्वर गुरुङलगायत छ जना खेल क्षेत्रमा सङ्लग्न युवाको समूहले सञ्चालनमा ल्याएको सो स्पोर्टस क्यासलको आज गण्डकी प्रदेशका कार्यवाहक मुख्यमन्त्री एवं आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शुभारम्भ गरे ।

फुटसल खेलको विकासमार्फत राष्ट्रिय खेलाडी उत्पादन गरी देशको खेल क्षेत्रमा योगदान गर्ने उद्देश्यले क्यासल सञ्चालनमा ल्याइएको सञ्चालक गुरुङले बताउनुभयो । चन्द्रसहित अनमोल पालिखे, विजया गुरुङ, विष्णु गुरुङ, विशाल श्रेष्ठ, दिलीप कार्की र पवन गुरुङले रु छ करोड लगानीमा सो क्यासल सञ्चालनमा ल्याएका हुन् ।

फुटसल मैदानमा सम्पूर्ण अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका आवश्यक संरचना निर्माण गरिएको सञ्चालक अनमोल पालिखेले बताए । त्यसैगरी एकपटकमा ८० जनासम्मले अभ्यास गर्न मिल्ने गरी आधुनिक उपकरणसहितको व्यायामशाला रहेको उनले बताए ।

निश्चित शुल्कमा व्यक्तिगत फुटसल प्रशिक्षणका लागि प्रशिक्षकको व्यवस्था गरिएको बताउँदै पालिखेले एकै थलोभित्र खेलकूद तथा व्यायाम गर्न सकिने उल्लेख गरे । मन्त्री गुरुङले शारीरिकरुपमा स्वस्थ हुन सके मानसिक रुपमा पनि तन्दुरुस्त हुने धारणा व्यक्त गर्दै सरकारी तथा निजी क्षेत्रको सहभागितामा देशलाई समृद्ध बनाइने स्पष्ट पारे ।

प्रकाशित मिति : १४ भाद्र २०७६, शनिबार  ८ : ३७ बजे

कृष्णभीर अवरुद्ध भएपछि हेटौँडा–काठमाडाैं मार्गमा सवारी चाप

हेटौँडा – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि वैकल्पिक

भोटेकोशी बाढी : बर्दियाका १३५ जनाको उद्धार

बर्दिया – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको

भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग

कञ्चनपुर – कञ्चनपुरको लिटिल बुद्ध एकेडेमीले भोटेकोशी बाढीपीडितका लागि रु

भोटेकोशी बाढी : एक हजार २०४ शव फेला

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीमा परी मृत्यु भएका एक हजार

भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो

रूपन्देही – भोटेकोशी नदीमा गएको बाढीमा बगेर भारत पुगेका नौ