प्रतिबन्धका बाबजुद हङकङमा दशौं हजारले गरे प्रदर्शन, प्रहरीले चलायो रबरको गोली « Khabarhub

प्रतिबन्धका बाबजुद हङकङमा दशौं हजारले गरे प्रदर्शन, प्रहरीले चलायो रबरको गोली


१४ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हङकङ– हङकङमा प्रहरीले प्रदर्शनमा प्रतिबन्ध लगाएपनि दशौं हजारले प्रदर्शनलाई चर्काएका छन् । शनिबार हङकङका विभिन्न क्षेत्रमा लोकतन्त्रवादी प्रदर्शनकारीले प्रदर्शन गरेका हुन् ।

दशौं हजार प्रदर्शनकारीले हङकङको संसद् भवन, सैनिक अखडा, प्रहरी चौकी अगाडी प्रदर्शन गरेका हुन् । प्रदर्शनलाई नियन्त्रण गर्नका लागि प्रहरीले रबरको गोली, अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको थियो । जवाफमा प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा र पेट्रोल बम प्रहार गरेका थिए ।

शनिबार भीषण वर्षा भएपनि वर्षाको परवाह नगरी दशौं हजार प्रदर्शनकारी सडकमा उत्रेका हुन् । शनिबारको प्रदर्शनअघि हङकङको प्रदर्शनका प्रमुख नेता मानिने २३ वर्षे युवा जोशुवा वाङसहितका अभियन्तालाई पक्राउ गरेको थियो ।

विवादास्पद सुपुर्दगी विधेयकको विरोधमा १३ साताअघि शुरु भएको प्रदर्शन पछिल्लो समय लोकतन्त्र, अधिक स्वायत्तता व्यक्तिगत अधिकार लगायतका मुद्दामा केन्द्रित रहँदै आएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७६, शनिबार  ८ : ५६ बजे

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

मस्को- रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

पोखरा– सिरानमा चाँदीजस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब