बैंक र अख्तियारकै मिलेमतोः करोडौंको जग्गा अर्कैको नाममा « Khabarhub

बैंक र अख्तियारकै मिलेमतोः करोडौंको जग्गा अर्कैको नाममा


१७ माघ २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल बैंक लिमिटेडको मिलेमतोमा करोडौं रुपैयाँको जग्गा अर्कै व्यक्तिको नाममा नामसारी गरिएको पाइएको छ ।

सर्वाेच्च अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेका बेला मिलेमतोमा जग्गा नामसारी भएको पाइएको हो । आयोगले काठमाडौं धुम्बाराही–४ का मोहन सहनीले नेपाल बैंकमा कमसल जग्गा धितो राखी ऋण लिएको भनी १९ करोड रुपैयाँ बिगो माग गर्दै २०५८ सालमा विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । विशेष अदालतले १३ कात्तिक २०६२ मा १० करोड २३ लाख जरिवाना र बिगो २ करोड २३ लाख असुल गर्ने फैसला गरेको थियो ।

बिगो र जरिवाना तिर्न नसक्दा सहनी तीन वर्षका लागि जेल चलान भएका र मुद्दा विचाराधीन रहेकै अवस्थामा उनको जग्गा मिलेमतोमा नामसारी भएको खुलेको छ । समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : १७ माघ २०७५, बिहिबार  ७ : ५४ बजे

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौं – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित

राष्ट्रिय फुटबलर विमल घर्ती मगरद्वारा सन्न्यासको घोषणा

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले सक्रिय

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल