६० हजार घुससहित प्रहरीका सई पक्राउ « Khabarhub

६० हजार घुससहित प्रहरीका सई पक्राउ


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाराको गञ्जभवानपुर प्रहरी चौकीमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) जटाशंकरप्रसाद कलवार ६० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

भारतबाट मालसामान ल्याउन सहज गराइदिने भन्दै सेवाग्राहीबाट लिएको ६० हजार रुपैयाँसहित कलवार पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडास्थित कार्यालयबाट खटिएको टोलीले कलवारलाई घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।

कलवारलाई बाराको कलैया उपमहानगरपालिका–४ स्थित श्रीराम खाद्य उद्योगको अगाडिबाट पक्राउ गरिएको अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  ४ : २० बजे

बझाङ जीप दुर्घटनाका पाँच गम्भीर घाइतेको सेनाद्वारा हेलिकप्टर उद्धार

काठमाडौं– बझाङको सुगुरे इलाकामा शनिबार भएको जीप दुर्घटनामा गम्भीर घाइते

एकै फिल्मबाट धेरैलाई डेब्यू गराउँदै रघुनाथ

काठमाडौं – पत्रकारिता पृष्ठभूमिका रघुनाथ सापकोटा फिल्म निर्माणमा होमिएका छन्

मनसुनजन्य विपद् न्यूनीकरणमा समन्वय तीव्र : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को

मधेश प्रदेशसभा : बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन

जनकपुरधाम– मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा

नगर प्रहरी नदेखिएपछि न्युरोडको फुटपाथ फेरि अस्तव्यस्त (तस्बिरहरू)

काठमाडौं– केही दिनअघिसम्म काठमाडौं महानगरपालिकाका नगर प्रहरी नियमित रूपमा सडकमा