३ वर्षमा सकिनेछ १ सय २० मेगावाटको रसुवा–भोटेकोशी आयोजनाको काम « Khabarhub

३ वर्षमा सकिनेछ १ सय २० मेगावाटको रसुवा–भोटेकोशी आयोजनाको काम


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ रसुवा–भोटेकोशी जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ । १ सय २० मेगावाट क्षमताको उक्त आयोजनाको मंगलबार रसुवाको गोसाइँकुण्ड गाउँपालिका–१ रोङ्गामा शिलान्यास गरिएको हो ।

रसुवाको गोसाइँकुण्ड–१ र आमाछोदिङ्मो गाउँपालिका–५ मा निर्माण गर्न लागिएको उक्त आयोजनाको आयोजना निर्देशक दीपक खड्का, गोसाइँकुण्डका अध्यक्ष कैसाङ नुर्पू तामाङ तथा चिनियाँ निर्माण कम्पनी सिचुवान हुवानी इनर्जी इन्भेष्टमेन्ट कम्पनी लिमिटेडका अध्यक्ष लिउ जियन झिनले संयुक्तरूपमा शिलान्यास गरे । झण्डै २० अर्ब ३९ करोड रुपैयाँ लागत रहेको सो आयोजनामा चिनियाँ निर्माण कम्पनीको ९० प्रतिशत तथा नेपाली पक्षको १० प्रतिशत लगानी रहनेछ ।

आयोजनाका निर्देशक खड्काले तोकिएकै समयमा निर्माण सम्पन्न गर्नेगरी काम अघि बढेको बताए । आयोजना सम्पन्न गर्न स्थानीयवासीको सहयोग आवश्यक रहेको उनले उल्लेख गरे ।

करीब १२ वर्षअघि सो आयोजना निर्माणबारे अध्ययन थालिएको थियो । यस अवधिमा पटक–पटकको छलफलपछि चिनियाँ लगानीकर्ता लगानी गर्न सहमत भएको निर्देशक खड्काले बताए ।

आयोजना निर्माण गर्न उक्त कम्पनीले ६ वर्षअघि स्वीकृति लिएको हो । आयोजनाको सुरुङ निर्माण थालिएको छ । फङलुङखोला र भोटेकोशीको दोभानदेखि करीब १५० मिटरमाथि भोटेकोशीमा ३२ मिटर अग्लो बाँध निर्माण गरिनेछ ।

यस क्रममा ४ हजार ८ सय ३५ मिटर लामो सुरुङ निर्माण गरिनेछ भने चिलिमेखोला र भोटेकोशीको सङ्गमस्थलमा विद्युतगृह (पावर हाउस) निमार्ण गरिने आयोजनाले जनाएको छ ।

उत्पादन गरिएको विद्युत् १३२ केभी प्रसारण लाइनमार्फत चिलिमे जलविद्युत् आयोजनाको चिलिमे ‘हब’मा जडान गरिने निर्देशक खड्काले जानकारी दिए ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  ११ : २० बजे

मन्त्रीलाई आइफोन दिने चर्चा ‘गलत र कपोलकल्पित’ : सञ्चारमन्त्री तिमिल्सिना

नुवाकोट– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रत्येक

वर्षाले रोशी खोलाको ‘डाइभर्सन’ बगाएपछि बीपी राजमार्ग अवरुद्ध

काभ्रे– वर्षाका कारण बीपी राजमार्गअन्तर्गत काभ्रेको नमोबुद्धस्थित कटुञ्जेदेखि रोशीको मङ्गलटार

हावाहुरीले पर्खाल भत्किँदा सिरहामा एक महिलाको मृत्यु

सिरहा– सिरहामा शनिबार साँझ आएको हावाहुरीका कारण घरको पर्खाल भत्किँदा

‘ये बाबु रावका स्टाइल है !’ संघर्षदेखि सांसदसम्म परेश रावलको प्रेरणादायी यात्रा

काठमाडौँ – बलिउडका सफल अभिनेता तथा चर्चित राजनीतिज्ञ परेश रावलले

बागमती प्रदेशसभा बैठक बस्दै

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज बस्दैछन् । बैठक बिहान ११