भ्रमण वर्ष सफल पार्न मध्यपहाडी लोकमार्गमा मोटरसाइकल यात्रा « Khabarhub

भ्रमण वर्ष सफल पार्न मध्यपहाडी लोकमार्गमा मोटरसाइकल यात्रा


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर- आजदेखि शुरु भएको नेपाल भ्रमण वर्ष–२०२० सफल पार्न पाँचथरदेखि पुष्पलाल (मध्यपहाडी) लोकमार्गमा मोटरसाइकल यात्रा शुरु गरिएको छ । यहाँका विभिन्न क्षेत्रमा आबद्ध ११ जना युवाको संलग्नतामा मोटरसाइकल यात्रा शुरु भएको हो ।

आज पाँचथरको सदरमुकाम फिदिमबाट शुरु भएको मोटरसाइकल यात्रा मध्यपहाडी लोकमार्गको अन्तिम विन्दु बैतडीको झुलाघाटमा पुगेर सम्पन्न हुनेछ । ‘नेपाल यात्रा २०७६’को टोली आज मध्यपहाडी लोकमार्गको शुरु विन्दू पाँचथरकै चिवाभञ्ज्याङमा पुग्नेछ । बिहीबार पुनः फिदिम हुँदै उक्त टोली  तेह्रथुम हुँदै पश्चिमतर्फ लाग्नेछ ।

उक्त टोलीका अगुवा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेश कमिटी सदस्य हर्कबहादुर नेम्वाङ ‘मिक्सो’ले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न मध्यपहाडी लोकमार्गको मोटरसाइकल यात्रा शुरु गरिएको जानकारी दिए ।

मध्यपहाडी लोकमार्गले छुने २३ वटा पहाडी जिल्लाका करिब २१५ बस्तीहरुको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीयलगायत समग्र पक्षको प्रचार गर्नु आफूहरुको मुख्य उद्देश्य रहेको अगुवा नेम्वाङले बताए ।

यस्तै निर्माणाधीन पुष्पलाल (मध्यपहाडी) लोकमार्गको निर्माणको हालसम्मको अवस्था उजागर गर्ने तथा यस सडकले ल्याएको परिवर्तनको अध्ययन गर्ने उक्त टोलीको लक्ष्य छ ।

यसैगरी भ्रमणका क्रममा प्रदेश नं १ का पर्यटकीयस्थलहरुको प्रचार गर्दै प्रदेश नं १ को भ्रमणको निम्तो दिने, मध्यपहाडी जिल्लाहरुमा रहेका पर्यटकीय क्षेत्रहरुको पहिचान, प्रचार–प्रसार र सञ्चारमाध्यमबाट प्रकाशमा ल्याउन सहयोग गरिने भ्रमण टोलीमा रहनुभएका पत्रकार गिरिराज बाँस्कोटाले बताए ।

भ्रमण टोलीले हरेक जिल्लाका सदरमुकाम तथा स्थानीय तहका केन्द्रहरुमा स्थानीय सरोकारवालाहरुसँग अन्तक्र्रिया गर्ने कार्यक्रम तय गरेको छ । उक्त टोली नेकपाका प्रदेश कमिटी सदस्य नेम्वाङसहित पत्रकारहरु गिरिराज बाँस्कोटा, छवि चापागाईं र दीपक बोहोरा तथा युवा नेताहरु दीपक दुलाल, जलकुमार तामाङ, सुमन लामा, धनकुमार लावती, पवीन माखिम, रुपेन्द्र घिसिङ र तुलाराम रिमाल रहेका छन् ।

पुष्पलाल (मध्यपहाडी) लोकमार्ग पाँचथरबाट शुरु भई सुदूरपश्चिम प्रदेशको बैतडीको झुलाघाटमा पुगेर टुङ्गिएको छ । यस लोकमार्गको कूल लम्बाइ एक हजार ७७६ किलोमिटर रहेको छ । छवटा मोटरसाइकलमा हुने यो यात्रा नेपालकै पहिलो भएको भ्रमण टोलीको दाबी छ ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  ६ : ५३ बजे

भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी

कुनैबेला कांग्रेस महासमिति सदस्य थिए ज्योति मगरको साथ पाएका पूर्ण गुरूङ

काठमाडौं– नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा चर्चित लोकदोहोरी गायिका

फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणका सर्वोच्चको

एमालेका प्रतिनिधि १२ बजेसम्म मतदान केन्द्र प्रवेश गर्न पाउने

काठमाडौं- नेकपा एमाले) महाधिवेशनमा मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा

प्रवासबाट एमाले महाधिवेशनमा आएका प्रतिनिधि भन्छन् : अब पार्टी परिमार्जित भएर अघि बढ्नुपर्छ

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा ४० वटा देशबाट प्रतिनिधिहरू आएका