छात्रछात्रालाई निर्वाचन शिक्षा « Khabarhub

छात्रछात्रालाई निर्वाचन शिक्षा


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- निर्वाचनमा बदर मतलाई न्यूनीकरण गर्न सहयोग पुर्‍याउने ध्येयले जिल्लाका १० वटै स्थानीय तहमा निर्वाचन शिक्षा विशेष कार्यक्रम सञ्चालन शुरु गरिएको छ ।

मतदाता नामावली सङ्कलन, आवश्यक कागजात, मतदान गर्ने विधि तथा मतपेटिका उपयोग गर्ने विधि, आचारसंहिता, मतदान केन्द्रको नमूना, निर्वाचनको प्रकार एवं निर्वाचन अभ्यासलगायतका बारेमा जानकारी दिन विद्यालयमा निर्वाचन विशेष कार्यक्रम शुरु गरिएको हो ।

जिल्ला निर्वाचन कार्यालय खोटाङको आयोजनामा सञ्चालित कार्यक्रममा कक्षा ९ र १० मा अध्ययनरत छात्रछात्रालाई सहभागीता रहेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेलबजारस्थित सरस्वती नमूना माविबाट शुरु गरिएको विद्यालयस्तरीय निर्वाचन शिक्षा विशेष कार्यक्रम जिल्लाका सबै स्थानीय तहका विद्यालयमा पुर्‍याइने जिल्ला निर्वाचन अधिकारी कोपिला राईले जानकारी दिए ।

छात्रछात्रा मार्फतको निर्वाचन शिक्षाले बदरमत घटाउन सहयोग पुग्ने कार्यालयले जनाएको छ । हालसम्म पञ्च मावि दिक्तेल, कालिका मावि नेर्पा, श्रीमावि बाँसबोटे, भगवती दिनानाथ मावि खोटाङबजारलगायतका विद्यालयमा निर्वाचन शिक्षा सञ्चालन भइसकेको उनले बताए।

आगामी चैत ७ गतेदेखि सबै वडामा फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने तयारी भइरहेको निर्वाचन कार्यालयले जनाएको छ । छ समूह निर्माण गरेर जिल्लाका ७९ वटै वडामा सञ्चालन गरिने फोटोसहितको मतदाता नामावली सङ्कलन कार्यक्रममा नयाँ मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गरिने निर्वाचन अधिकारी राईले जानकारी दिए ।

पछिल्लो जनगणनाअनुसार दुई लाख पाँच हजार २२५ जनसङ्ख्या रहेको जिल्लामा विसं २०७४ मङ्सिरमा भएको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा एक लाख २५ हजार मतदाता रहेका थिए । त्यसयता थपिएका मतदाताको सङ्ख्या रुजु गर्न बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ७ : २० बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि