शान्ति सम्झौता अनुसार तालिबान बन्दी रिहा गर्न सकिन्न : अफगान राष्ट्रपति « Khabarhub

शान्ति सम्झौता अनुसार तालिबान बन्दी रिहा गर्न सकिन्न : अफगान राष्ट्रपति


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगान राष्ट्रपति अशरफ घानीले अमेरिका र तालिबानबीच भएको नयाँ सम्झौताको प्रमुख विषयका रुपमा रहेको हजारौं तालिवान विद्रोही बन्दीहरुलाई रिहा गर्ने निर्णय अफगान सरकारलाई अस्वीकार्य रहेको स्पष्ट पारेका छन् ।

शान्तिको मार्गमा गतिरोध ल्याउन सक्ने एउटा बुँदातर्फ ध्यानाकर्षण गर्दै घानीले सम्झौताका शर्तहरु निकै विवादस्पद रहेको बताए । सम्झौताको एउटा बुँदामा तालिबानले बन्धक बनाएका १ हजार सरकारी सैनिक र सरकारी कारागारमा थुनिएका करिब ५ हजार तालिबानी लडाकूलाई रिहा गर्नुपर्ने उल्लेख छ ।

‘पाँच हजार तालिबानी बन्दीलाई रिहा गर्ने प्रतिबद्धतामा अहिल्यै सहमत हुन सकिन्न,’ घानीले भने । ‘यो अफगानिस्तानका जनताको अधिकार र आत्मनिर्णय हो । यस विषयलाई अन्तर–अफगान वार्ताको समयमा एक एजेन्डा बनाउनु पथ्र्यो, र वार्तामा यसलाई पूर्व शर्तका रुपमा लिन सकिन्न ।’ उनले कुनै पनि बन्दी रिहाई गर्ने कुरा अमेरिकी अधिकारको विषय नभई अफगान सरकारको अधिकार क्षेत्रभित्रको विषय रहेको स्पष्ट पारे ।

शनिबार कतारको राजधानी दोहामा अमेरिका र तालिबानबीच सम्पन्न ऐतिहासिक सम्झौतामा हस्ताक्षर हुनुअघिको हप्तासम्म अफगानिस्तानमा ‘हिंसामा कमी’ आएको थियो ।

सम्झौतामा मुख्य रुपमा अमेरिकी सहित सबै विदेशी सैनिक १४ महिनाभित्र स्वदेश फर्किने उल्लेख छ । यसको बदलामा तालिवानले धेरै प्रतिज्ञाहरूलाई सम्मान गर्नु पर्नेछ भने अझ विस्तृत शान्ति सम्झौताका लागि काबुलसँग वार्ता गर्नु पर्नेछ ।

“पूर्ण युद्धविरामको अवस्था सिर्जना गर्न हिंसामा कमी आउनु पर्नेछ,” काबुलमा आयोजित पत्रकार सम्मेलनमा घानीले भने ।

तालिबानले अहिलेसम्म घानीको प्रशासनसँग वार्ता गर्न अस्वीकार गरिरहेको थियो । उनीहरूले अफगान सरकारलाई अमेरिकी कठपुतली शासनको रूपमा लिएका थिए ।

राष्ट्रपति घानीको बन्दी रिहाइसम्बन्धी प्रश्नले आगामी दिनहरु निकै कठिन हुने सङ्केत गरेका छन् । महिनौं ढिलाई गरेर गत साता घोषणा गरिएको घानीको राष्ट्रपति पदमा पुनः विजयलाई अमेरिकाले अझै मान्यता दिएको छैन भने मुख्य प्रतिस्पर्धी अब्दुल्लाह अब्दुल्लाहले पनि चुनावमा धाँधली भएको आरोप लगाउँदै घानीलाई अस्वीकार गर्ने यसअघि नै घोषणा गरिसकेका छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ६ : ३५ बजे

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा

सरकारले आज रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

काठमाडौं– सरकारले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल