तीन महिने अभियानले पार्टी एकताको साझा मनोविज्ञान जोड्नेछ : मुख्यमन्त्री पोखरेल | Khabarhub Khabarhub

तीन महिने अभियानले पार्टी एकताको साझा मनोविज्ञान जोड्नेछ : मुख्यमन्त्री पोखरेल


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- प्रदेश नं ५ का मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेश इन्चार्ज शंकर पोखरेलले तीन महिने अभियानले पार्टी एकताको साझा मनोविज्ञान जोड्ने बताएका छन् ।

नेकपा बाँकेको आज नेपालगञ्जमा आयोजित बैठकमा उनले नेकपाले सञ्चालन गरेको तीन महिने अभियानले पूर्वएमाले र पूर्वमाओवादी मनोविज्ञानलाई मेटाउँदै नेकपाभित्र साझा मनोविज्ञान बन्ने दाबी गरे ।

“दुई पार्टी एकताको मनोविज्ञान जोडिन सकेको छैन । बैठक जति धेरै बस्यो त्यति मतान्तर कम हुन्छ । तीन महिने अभियानले सम्बन्ध जोड्ने अभियानको पनि काम गर्नेछ”, मुख्यमन्त्री पोखरेलले भने, “दुई पार्टी जोडिएर बनेको नेकपाभित्रको आन्तरिक सम्बन्ध विस्तार र मनोविज्ञान एक भएमात्र पार्टीको जनतामाझ सम्बन्ध विस्तार हुनेछ ।”

नेकपाको केन्द्रीय, प्रदेश, जिल्ला र स्थानीय तहसम्म पार्टी एकता भए पनि पार्टी एक बनिनसकेको उल्लेख गर्दै भने, “पूर्वएमाले र पूर्वमाओवादीको सदस्यता बोकेर नेकपा पार्टी बन्दैन, नेकपाको सदस्यता नराख्दासम्म कोही पनि नेकपाको कार्यकर्ता नहुने भएकाले सदस्यता नवीकरण प्रक्रियालाई अगाडि बढाइहाल्नु पर्नेछ ।”

तीन महीने अभियानमा नेकपाका सम्पूर्ण पार्टी सदस्य संलग्न भएर परिभाषित जिम्मेवारीलाई अत्यन्त गम्भीरतापूर्वक निर्वाह गर्न आग्रह गर्दै उनले भने, “बिरामी भएर जानै नसके अलग कुरा हो अन्यथा अभियानमा नजानेलाई निकाल्नुस्, नियमित काम गर्नेलाई बढुवा गर्नुस् ।”

सदस्यता धेरै देखाउने होडवाजीमा मतदाताको हैसियत पनि नराख्नेलाई सदस्यता दिँदा पार्टी बलियो नबन्ने भएकोले समाजको नेतृत्व गर्नसक्ने समाज बुझेका व्यक्तिलाई मात्रै पार्टी सदस्यता बनाउन उनको आग्रह थियो ।

“निर्वाचनमा जित र हार हुन्छ, हार्दा पनि पार्टी सङ्गठनको पक्षमा उभिने मात्रै पार्टी कार्यकर्ता हो, सदस्यतामा ध्यान दिन सकिएन भने बनेको पार्टी भत्किन्छ ।” उनले भने, “योग्यता प्रक्रिया नपुगेको व्यक्तिलाई सदस्यता बनाउन रोक्नुस् ।”

जनप्रतिनिधिले गर्ने कामबाट जनताले पार्टीलाई चिन्ने भएकाले स्थानीय सरकारका काम प्रभावकारी बनाउन जिल्ला पार्टी नेतृत्वले आवश्यक भूमिका खेल्नुपर्नेमा जोड दिए ।

बैठकमा नेकपा प्रदेश कमिटी अध्यक्ष ओनसरी घर्तीले तीन महिने अभियानअन्तर्गत यही महिनाभित्र जिल्ला तहदेखि तल्लो तहसम्मका पार्टीका बैठक गर्न आग्रह गरिन् । उनले पार्टीको केन्द्रीय सर्कुलर अनुसार, प्रदेश ५ का सबै जिल्लामा राजनीतिक अभियान सञ्चालन गरी वैचारिक, राजनीतिक, भावनात्मक एकता सुदृढ गर्दै सरकारका सकारात्मक कामको प्रचार गर्ने र जनसम्बन्ध विस्तार गर्नसमेत आग्रह गरिन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ८ : ५३ बजे

भुर्तेलको अर्धशतकमा नेदरल्याण्ड्सविरुद्ध नेपाल ६ विकेटले विजयी

काठमाडौं – स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गतको खेलमा नेपालले

विद्युत् कटौतीले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा

पर्सा – वीरगञ्जका उद्योगी/व्यवसायीले अघोषित विद्युत् भार कटौती र विद्युत्

नेदरल्याण्ड्सविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

नेपालको दोस्रो विकेट गुम्यो, भीम सार्की २७ रन बनाएर आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

गण्डकीको बजेटमा माओवादीको असन्तुष्टि, सदन अवरुद्ध गर्ने चेतावनी

पोखरा – गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको