तीन महिने अभियानले पार्टी एकताको साझा मनोविज्ञान जोड्नेछ : मुख्यमन्त्री पोखरेल « Khabarhub

तीन महिने अभियानले पार्टी एकताको साझा मनोविज्ञान जोड्नेछ : मुख्यमन्त्री पोखरेल


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- प्रदेश नं ५ का मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेश इन्चार्ज शंकर पोखरेलले तीन महिने अभियानले पार्टी एकताको साझा मनोविज्ञान जोड्ने बताएका छन् ।

नेकपा बाँकेको आज नेपालगञ्जमा आयोजित बैठकमा उनले नेकपाले सञ्चालन गरेको तीन महिने अभियानले पूर्वएमाले र पूर्वमाओवादी मनोविज्ञानलाई मेटाउँदै नेकपाभित्र साझा मनोविज्ञान बन्ने दाबी गरे ।

“दुई पार्टी एकताको मनोविज्ञान जोडिन सकेको छैन । बैठक जति धेरै बस्यो त्यति मतान्तर कम हुन्छ । तीन महिने अभियानले सम्बन्ध जोड्ने अभियानको पनि काम गर्नेछ”, मुख्यमन्त्री पोखरेलले भने, “दुई पार्टी जोडिएर बनेको नेकपाभित्रको आन्तरिक सम्बन्ध विस्तार र मनोविज्ञान एक भएमात्र पार्टीको जनतामाझ सम्बन्ध विस्तार हुनेछ ।”

नेकपाको केन्द्रीय, प्रदेश, जिल्ला र स्थानीय तहसम्म पार्टी एकता भए पनि पार्टी एक बनिनसकेको उल्लेख गर्दै भने, “पूर्वएमाले र पूर्वमाओवादीको सदस्यता बोकेर नेकपा पार्टी बन्दैन, नेकपाको सदस्यता नराख्दासम्म कोही पनि नेकपाको कार्यकर्ता नहुने भएकाले सदस्यता नवीकरण प्रक्रियालाई अगाडि बढाइहाल्नु पर्नेछ ।”

तीन महीने अभियानमा नेकपाका सम्पूर्ण पार्टी सदस्य संलग्न भएर परिभाषित जिम्मेवारीलाई अत्यन्त गम्भीरतापूर्वक निर्वाह गर्न आग्रह गर्दै उनले भने, “बिरामी भएर जानै नसके अलग कुरा हो अन्यथा अभियानमा नजानेलाई निकाल्नुस्, नियमित काम गर्नेलाई बढुवा गर्नुस् ।”

सदस्यता धेरै देखाउने होडवाजीमा मतदाताको हैसियत पनि नराख्नेलाई सदस्यता दिँदा पार्टी बलियो नबन्ने भएकोले समाजको नेतृत्व गर्नसक्ने समाज बुझेका व्यक्तिलाई मात्रै पार्टी सदस्यता बनाउन उनको आग्रह थियो ।

“निर्वाचनमा जित र हार हुन्छ, हार्दा पनि पार्टी सङ्गठनको पक्षमा उभिने मात्रै पार्टी कार्यकर्ता हो, सदस्यतामा ध्यान दिन सकिएन भने बनेको पार्टी भत्किन्छ ।” उनले भने, “योग्यता प्रक्रिया नपुगेको व्यक्तिलाई सदस्यता बनाउन रोक्नुस् ।”

जनप्रतिनिधिले गर्ने कामबाट जनताले पार्टीलाई चिन्ने भएकाले स्थानीय सरकारका काम प्रभावकारी बनाउन जिल्ला पार्टी नेतृत्वले आवश्यक भूमिका खेल्नुपर्नेमा जोड दिए ।

बैठकमा नेकपा प्रदेश कमिटी अध्यक्ष ओनसरी घर्तीले तीन महिने अभियानअन्तर्गत यही महिनाभित्र जिल्ला तहदेखि तल्लो तहसम्मका पार्टीका बैठक गर्न आग्रह गरिन् । उनले पार्टीको केन्द्रीय सर्कुलर अनुसार, प्रदेश ५ का सबै जिल्लामा राजनीतिक अभियान सञ्चालन गरी वैचारिक, राजनीतिक, भावनात्मक एकता सुदृढ गर्दै सरकारका सकारात्मक कामको प्रचार गर्ने र जनसम्बन्ध विस्तार गर्नसमेत आग्रह गरिन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ८ : ५३ बजे

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन– नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न

न्याय माग्दै फेरि सडकमा सहकारी पीडित (तस्बिरहरू)

काठमाडौं– सहकारी पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरेका

देवानगञ्ज घटनाबारे सुनसरीका रास्वपा सांसदसहितले भेटे गृहमन्त्री, विशेष घोषणा गर्न लागेको सुधनको जवाफ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

देवानगञ्ज घटना : तनाव बढ्दै गएपछि सडकमा सेना, केन्द्रीय सुरक्षा समितिको बैठक डाकियो

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध