लीलामणि पौडेललाई चीनबाट फिर्ता बोलाइयो, नयाँ राजदूतमा पाण्डे सिफारिस « Khabarhub

लीलामणि पौडेललाई चीनबाट फिर्ता बोलाइयो, नयाँ राजदूतमा पाण्डे सिफारिस


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राजदूत पौडेललाई १५ दिन भित्र फिर्ता बोलाउने निर्णय गरेको स्रोतले जानकारी दिएको हो ।

‘प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकले राजदूत पौडेललाई नेपाल फर्किन १५ दिनको म्याद दिएको हो’ , स्रोतले खबरहबसँग भन्यो ।

चीनमा कोरोना भाइरसको प्रकोप फैलिरहेको हुँदा राजदूतलाई फिर्ता बोलाइएको भनिए पनि  फिर्ता बोलाउनुको खास कारण खुलाइएको छैन ।

पूर्व मुख्यसचिव पौडेललाई २०७३ कात्तिकमा चीनका लागि नेपाली राजदूत नियुक्त गरेको थियो ।

यसैबीच नयाँ राजदूतमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे सिफारिस गरेको स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ९ : ५३ बजे

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे

काठमाडौं– नेपाली कांग्रेसले भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने निर्णय

सन फार्माले अर्गानन किन्न सहमति

मुम्बई– भारतीय औषधि उद्योगले विश्व बजारमा आफ्नो प्रभाव विस्तार गर्ने

खोप लगाउन छुटेका बालबालिकालाई ‘खोज र खोप’ अभियान

काठमाडौं– सरकारले वैशाख महिनाभर खोप लगाउन छुटेका बालबालिकालाई ‘खोज र

चट्याङ लागेर दुई जनाको मृत्यु

प्युठान– गौमुखी गाउँपालिका-६ लिबाङ बस्ने ७० वर्षीय केदार बोहरा क्षेत्री र

युद्धविरामबीच लेबनानमा इजरायली आक्रमण, १४ जनाको मृत्यु

काठमाडौं– लेबनानमा लागू गरिएको युद्धविरामका बीच इजरायलले गरेको आक्रमणमा १४