लीलामणि पौडेललाई चीनबाट फिर्ता बोलाइयो, नयाँ राजदूतमा पाण्डे सिफारिस « Khabarhub

लीलामणि पौडेललाई चीनबाट फिर्ता बोलाइयो, नयाँ राजदूतमा पाण्डे सिफारिस


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राजदूत पौडेललाई १५ दिन भित्र फिर्ता बोलाउने निर्णय गरेको स्रोतले जानकारी दिएको हो ।

‘प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकले राजदूत पौडेललाई नेपाल फर्किन १५ दिनको म्याद दिएको हो’ , स्रोतले खबरहबसँग भन्यो ।

चीनमा कोरोना भाइरसको प्रकोप फैलिरहेको हुँदा राजदूतलाई फिर्ता बोलाइएको भनिए पनि  फिर्ता बोलाउनुको खास कारण खुलाइएको छैन ।

पूर्व मुख्यसचिव पौडेललाई २०७३ कात्तिकमा चीनका लागि नेपाली राजदूत नियुक्त गरेको थियो ।

यसैबीच नयाँ राजदूतमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे सिफारिस गरेको स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ९ : ५३ बजे

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड