कोरोनाका कारण भ्रमण वर्ष २०२० स्थगित, ‘सगरमाथा संवाद’ पनि नहुने « Khabarhub

कोरोनाका कारण भ्रमण वर्ष २०२० स्थगित, ‘सगरमाथा संवाद’ पनि नहुने


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले भ्रमण वर्ष २०२० स्थगित गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै भ्रमण वर्ष २०२० स्थगित गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नै भ्रमण वर्ष स्थगित गर्ने प्रस्ताव राखेको स्रोतले खबरहबलाई जानकारी दिएको हो ।

त्यस्तै कोरोनाकै कारण सरकारले पहिलो पटक आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय स्तरको ‘सगरमाथा संवाद’ कार्यक्रम समेत  स्थगित गर्ने निर्णय गरेको छ । सरकारले अर्काे सातादेखि ‘अनअराइभल भिसा’मा पनि रोक लगाउने निर्णय गरेको जनाइएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाल कोरोना संक्रमणको अति उच्च जोखिममा रहेको जनाएसँगै नेपालले कोरोनाको संक्रमण हुनबाट जोगाउन विभिन्न तयारी समेत गरेको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  १० : १७ बजे

भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस

मुस्ताङ– यही भदौ २३ गते रातिको भूकम्पछि उपल्लो मुस्ताङको लोमान्थाङ

जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

बनेपा– काभ्रेपलाञ्चोकले विपद्पछि उद्धार र राहतमा केन्द्रित हुने अभ्यास परिवर्तन

विपद्को सुरुवाती चरणमै प्रभावकारी व्यवस्थापन हुन नसक्दा मानवीय क्षति बढ्यो : कुलमान घिसिङ

ललितपुर – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विपद्को

संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैन : नेपाल

वीरगञ्ज (पर्सा)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले