कोरोनाका कारण भ्रमण वर्ष २०२० स्थगित, ‘सगरमाथा संवाद’ पनि नहुने « Khabarhub

कोरोनाका कारण भ्रमण वर्ष २०२० स्थगित, ‘सगरमाथा संवाद’ पनि नहुने


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले भ्रमण वर्ष २०२० स्थगित गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै भ्रमण वर्ष २०२० स्थगित गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नै भ्रमण वर्ष स्थगित गर्ने प्रस्ताव राखेको स्रोतले खबरहबलाई जानकारी दिएको हो ।

त्यस्तै कोरोनाकै कारण सरकारले पहिलो पटक आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय स्तरको ‘सगरमाथा संवाद’ कार्यक्रम समेत  स्थगित गर्ने निर्णय गरेको छ । सरकारले अर्काे सातादेखि ‘अनअराइभल भिसा’मा पनि रोक लगाउने निर्णय गरेको जनाइएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाल कोरोना संक्रमणको अति उच्च जोखिममा रहेको जनाएसँगै नेपालले कोरोनाको संक्रमण हुनबाट जोगाउन विभिन्न तयारी समेत गरेको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  १० : १७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै