भारतबाट स्वदेश फर्किएका पूर्वराजा शाह दम्पत्तिको विमानस्थलमा स्क्रिनिङ « Khabarhub

भारतबाट स्वदेश फर्किएका पूर्वराजा शाह दम्पत्तिको विमानस्थलमा स्क्रिनिङ


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दुई साता लामो भारत भ्रमण सकेर स्वदेश फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहको त्रिभुवन विमानस्थलमा कोरोना भाइरस संक्रमणको परीक्षण गरिएको छ ।

उनको शरीरको तापक्रम सामान्य रहेकाले स्वास्थ्य परीक्षणमा पास भएपछि उनी आफ्नो गन्तव्य लागेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता देवचन्द्र लाल कर्णले जानकारी दिए ।

सामान्यता पूर्वराजा ज्ञानेन्द्र शाह स्वदेश तथा विदेशमा जाँदा आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विना रोकटोक भीआईपी कक्ष प्रयोग गर्छन्। अन्य भीआईपीलाई जस्तै उनलाई पनि त्यहाँ कुनै रोकटोक हुँदैन।

दुई साता लामो भारत भ्रमण सकेर आइतबार स्वदेश फर्किएका शाह अन्तर्राष्ट्रिय टर्मिनलको आगमन कक्ष छिरेलगत्तै सजिलै अगाडि बढेनन्। पत्नी कोमलसहित अगाडि बढिरहेका शाहको शरीरमा काँधमा ट्याङ्की र हातमा स्प्रे बोकेका दुई जनाले केही छर्किए।

त्यसको सामुन्ने हेल्थ डेस्क थियो। हेल्थ डेस्क पार गरेर अध्यागमन कक्षमा छिर्न लाग्दा केही मान्छे शाहलाई परीक्षण गर्न खोज्दै थिए। एक महिला कम्प्युटरमा केही हेर्दै थिइन् भने अर्का एक पुरुष ‘बन्दुकजस्तो’ कुनै सामग्रीको टुप्पो शाहको निधार नजिकै जोडाउन खोज्दै थिए। कम्प्युटरमा थर्मल स्क्यानरमार्फत शाहको शरीरको तापक्रम हेरिँदै थियो। ‘इन्फ्रारेड गन’मार्फत पनि शाहको तापक्रम कम्प्युटरमा हेरिँदै थियो।

तर उनको परीक्षणमा शंकास्पद कुनै कुरा नदेखिएपछि आफ्नो गन्तव्य गएका थिए । त्रिभुवन विमानस्थलबाट नेपाल भित्रने यात्रुमा कोरोना भाइरसको संक्रमण हुने शंकाले अहिले यसैगरी परीक्षण गर्न थालिएको विमानस्थलले जनाएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  १० : १८ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि