सरकारद्वारा केही सचिवको सरुवा, को कहाँ पुगे ? « Khabarhub

सरकारद्वारा केही सचिवको सरुवा, को कहाँ पुगे ?


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले केही सचिवको सरुवा गरेको छ । केही सचिवको सरुवा र केहीको पदस्थापनसमेत गरिएको हो ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले एकनारायण अर्याललाई सचिवमा बढुवा गर्दै काठमाडौं महानगरपालिकामा पदस्थापन गरेको छ ।

महानगरपालिकाका कार्यकारी अधिकृतसमेत रहेका केदार न्यौपानेलाई भने भूमिसुधारमा सरुवा गरिएको छ । भूमिसुधारका सूर्य गौतमलाई संघीय मामिलामा पठाइएको छ ।

सघीय मामिलाका सचिव यादव कोइरालालाई भने स्वास्थ्य मन्त्रालय लगिएको छ । स्वास्थ्यमा रहेका सचिव खगराज बराललाई उपराष्ट्रपतिको कार्यालयमा पठाइएको छ ।

अर्थमन्त्रालयका सहसचिव हरिशरण पुडासैनीलाई कायममुकाय दिएर राजश्वमा लगिएको छ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ११ : १६ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र