इटालीमा एकैदिन ८ सय ३७ जनाको मृत्यु « Khabarhub

इटालीमा एकैदिन ८ सय ३७ जनाको मृत्यु


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण इटालीमा पनि निकै तीव्र रुपमा देखिएको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण यूरोपियन मुलुकहरुमा संक्रमणको दर रोकिएको छैन ।

इटालीमा पछिल्लो २४ घण्टामा मात्रै ८ सय ३७ जनाले ज्यान गुमाएका छन् । यो सँगै इटालीमा ज्यान गुमाउनेको संख्या १२ हजार ४ सय २८ पुगेको छ । त्यस्तै एकै दिन ४ हजार ५३ जना नयाँ संक्रमित देखिएका छन् ।

योसँगै इटालीमा १ लाख ५ हजार ७ सय ९२ जना संक्रमित भएका छन् । संक्रमितमध्ये १५ हजार ७ सय २९ जना उपचारपछि निको भएका छन् । ४ हजार २३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने ७७ हजार ६ सय ३५ जना उपचाररत छन् ।

कोरोना भाइरसका कारण संक्रमितको संख्या विश्वमा ८ लाख ५६ हजार ९ सय १० पुगेको छ । एकै दिन ७२ हजार १ सय ७२ जनामा संक्रमण देखिएको जनाइएको छ ।

विश्वव्यापी रुपमा एकैदिन ४ हजार ३ सय ३४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ४२ हजार १ सय ७ पुगेको छ । संक्रमितमध्ये १ लाख ७७ हजार १ सय ४१ जना उपचारपछि निको भएका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ६ : १९ बजे

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् ।

मकवानपुरमा खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एकको शव फेला

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरमालिका–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता

रास्वपा सभापति लामिछानेले आफ्ना सांसद र मन्त्रीहरुसँग छलफल गर्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा