१३ वर्षीय बालकसहित बेलायतमा १ हजार ७ सय ८९ले ज्यान गुमाए | Khabarhub Khabarhub

१३ वर्षीय बालकसहित बेलायतमा १ हजार ७ सय ८९ले ज्यान गुमाए


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस संक्रमणका कारण विश्वमा ४२ हजार ३ सय ४० जनाको मृत्यु भएको छ ।

विश्वभर ८ लाख ५९ हजार ८०० जनामा कोरोना भाइरसको संक्रमण दखिएको छ ।

अहिले सम्म विश्वमा १ लाख ७८ हजार ३ सय ३५ जना कोरोना भाइरसको संक्रमणबाट निको भएर घर फर्किएका छन् ।

बुधवारसम्म अमेरिकामा ४ हजार ५५ जनाले ज्यान गुमाएका छन् भने १ लाख ८८ हजार ५९२ जनामा संक्रमण देखिएको छ ।
संक्रमितको हिसाबमा अमेरिका अबैभन्दा अगाडि रहेको छ ।

त्यस्तै मृत्युका हिसाबमा इटलीमा धेरैले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

इटलीमा अहिले सम्म १२ हजार ४ सय २८ जनाले ज्यान गुमाएका छन् भने त्यहाँ १ लाख ५७ हजार ९२ जनामा संक्रमण देखिएको छ ।

स्पेनमा ८ हजार ४ सय ६४ जनाले ज्यान गुमाएका छन् भने चीनमा ३ हजार ३ सय १२ जनाले ज्यान गुमाएका छन् ।

बेलायतमा पनि बढे

बेलायतमा कोरोना भाइरस संक्रमणका कारण १ हजार ७ सय ८९ जनाले ज्यान गुमाएका छन् भने २५ हजार १ सय ५० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमध्ये १ सय ६३ जनाको अवस्था गम्भीर रहेको रिपोर्टहरु सार्वजनिक भएका छन् ।

वल्ड मिटरको पछिल्लो तथ्यांक अनुसार २ हजार ६ सय १९ जनामा कोरोना भाइरसको नयाँ केस देखिएको छ भने ३ सय ८१ जनाको मृत्यु भएको छ । जसमध्ये एक जना १३ वर्षका बालक पनि रहेको जनाइएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  १ : ०० बजे

वनमा आगो लगाएको अभियोगमा दुईजना  पक्राउ

ओखलढुङ्गा– वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ परेका छन् ।

उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

आईपिएल : दिल्लीले राजस्थानलाई हरायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार राति भएको

आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु

काठमाडौं– आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार सन्