१३ वर्षीय बालकसहित बेलायतमा १ हजार ७ सय ८९ले ज्यान गुमाए « Khabarhub

१३ वर्षीय बालकसहित बेलायतमा १ हजार ७ सय ८९ले ज्यान गुमाए


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस संक्रमणका कारण विश्वमा ४२ हजार ३ सय ४० जनाको मृत्यु भएको छ ।

विश्वभर ८ लाख ५९ हजार ८०० जनामा कोरोना भाइरसको संक्रमण दखिएको छ ।

अहिले सम्म विश्वमा १ लाख ७८ हजार ३ सय ३५ जना कोरोना भाइरसको संक्रमणबाट निको भएर घर फर्किएका छन् ।

बुधवारसम्म अमेरिकामा ४ हजार ५५ जनाले ज्यान गुमाएका छन् भने १ लाख ८८ हजार ५९२ जनामा संक्रमण देखिएको छ ।
संक्रमितको हिसाबमा अमेरिका अबैभन्दा अगाडि रहेको छ ।

त्यस्तै मृत्युका हिसाबमा इटलीमा धेरैले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

इटलीमा अहिले सम्म १२ हजार ४ सय २८ जनाले ज्यान गुमाएका छन् भने त्यहाँ १ लाख ५७ हजार ९२ जनामा संक्रमण देखिएको छ ।

स्पेनमा ८ हजार ४ सय ६४ जनाले ज्यान गुमाएका छन् भने चीनमा ३ हजार ३ सय १२ जनाले ज्यान गुमाएका छन् ।

बेलायतमा पनि बढे

बेलायतमा कोरोना भाइरस संक्रमणका कारण १ हजार ७ सय ८९ जनाले ज्यान गुमाएका छन् भने २५ हजार १ सय ५० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमध्ये १ सय ६३ जनाको अवस्था गम्भीर रहेको रिपोर्टहरु सार्वजनिक भएका छन् ।

वल्ड मिटरको पछिल्लो तथ्यांक अनुसार २ हजार ६ सय १९ जनामा कोरोना भाइरसको नयाँ केस देखिएको छ भने ३ सय ८१ जनाको मृत्यु भएको छ । जसमध्ये एक जना १३ वर्षका बालक पनि रहेको जनाइएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  १ : ०० बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय