कपनका रोहिंग्यालाई व्यवसायी बस्नेतको सहयोग « Khabarhub

कपनका रोहिंग्यालाई व्यवसायी बस्नेतको सहयोग


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको कपनमा बस्दै आएको ७१ परिवार म्यान्मारका रोहिंग्यालाई व्यवसायी सुदर्शन बस्नेतले राहत सामग्री वितरण गरेका छन् ।

नेपाल सरकारले शरणार्थी मान्यता नदिएका रोहिंग्याहरूलाई सरकारले गरेको लकडाउनका कारण दैनिक जीवन चलाउन खानाको अभाव भएको सूचना पछि बस्नेतले खाद्यान्नसहित राहत सामग्री वितरण गरेका हुन् ।

बस्नेतले प्रति परिवार पाँच केजी चामल, एक केजी दाल, १० प्याकेट बिस्कुट र नुहाउने साबुन वितरण गरेका हुन् । राहत सामग्री वितरण गर्दै बस्नेतले भने, ‘८६ जना बालबालिका समेत रहेको रोहिंग्या समुदायमा खाद्यन्नको अभाव भएको थाहा पाएपछि व्यक्तिगत खर्चमा खाद्यन्न वितरण गरेको हो ।’

बस्नेतले मानवअधिकारकर्मी मोहना अन्सारीलगायतको उपस्थितिमा सामान वितरण गरेका थिए ।

रोहिग्या शरणार्थी आयुष आलाम र रदिफ आलमलगायतमार्फत उनले राममन्दिर क्याम्पमा रहेका ७१ परिवारका लागि राहत वितरण गरेका हुन् । अहिले कपनमा ७१ परिवारमा ३५५ जना रोहिंग्या बस्दै आएका छन् । जसमा ८६ जना बालबालिका समेत छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  १० : १९ बजे

टोखाबाट १९ लाख रुपैयाँ बराबरको धनमाल चोरी

काठमाडौं– टोखा नगरपालिका-३ बस्ने तिल सरा पुर्जाको घरबाट सुनका विभिन्न गरगहना

हत्या आरोपमा एकजना पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका-१० इखम्बु बस्ने ४७ वर्षीय लीला प्रसाद राईको हत्या

धोबी खोलो सफाइमा उत्रिए हर्कका समर्थक (तस्बिरहरू)

काठमाडौं– धरानबाट सुरु भएको हर्क साम्पाङको श्रमदान अभियान काठमाडौं प्रवेश

भानु नगरका शिक्षकलाई ‘एआई’ तालिम

तनहुँ– तनहुँको भानु नगरपालिका भित्रका विभिन्न विद्यालयमा सेवारत शिक्षकका लागि

प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार ४४२ कर्मचारी खटाइने

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि