मजदूरलाई सुरक्षित राखेर उद्योग सञ्चालन गरिने « Khabarhub

मजदूरलाई सुरक्षित राखेर उद्योग सञ्चालन गरिने


१९ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु- लकडाउनको पूर्ण पालना गरी आफ्ना मजदूरलाई उद्योगमै राख्ने व्यवस्था मिलाएर कपिलवस्तुमा उद्योग सञ्चालन गर्न दिने निर्णय गरिएको छ । सामाजिक दूरी, स्वास्थ्य उपकरण र स्वास्थ्यकर्मीको व्यवस्था गरी उद्योग सञ्चालन गर्ने निर्णय गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयद्वारा लकडाउन र त्यसले पारेको असरका विषयमा संघीय सांसद, प्रदेशसभा सदस्य, व्यापारी, निर्माण प्यवसायी, सञ्चारकर्मी र सुरक्षा निकायका प्रमुखबीच छलफल भई सीमामा थप कडाइ र लकडाउनको पूर्ण पालना गरी खाद्यान्न र तरकारी सहज ओसापोसारका लागि प्रशासनले पास उपलब्ध गराउने निर्णयसमेत भएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए ।

‘बैठकमा संघ, प्रदेश र पालिकाले शुरुआत गरेको विकासनिर्माणका आयोजनालाई पनि निरन्तरता दिने निर्णय भएको छ’, उनले भने ।

कपिलवस्तुका सांसदले लकडाउन लम्बिँदै जाँदा मजदूरको प्रयोग गरी जिल्लाका कृषि, विकासनिर्माण र आर्थिक गतिविधि निरन्तर सञ्चालन गर्न दिइनुपर्ने सुझाव दिएका थिए ।

लकडाउनका कारण कोरोना भाइरसको संक्रमण रोकथाम हुदैँ गएकाले भारतीय सीमा नाकालाई अझ कडाइ गरेर निगरानी बढाउनुपर्नेमा सांसदको जोड दिए ।

बैठकमा राष्ट्रियसभा सदस्य विमला घिमिरे, प्रतिनिधिसभा सदस्य बृजेशकुमार गुप्ता, अभिषेकप्रताप शाह र अतहरकमाल मुसलमान, प्रदेशसभा सदस्य विष्णु पन्थी, अर्जुन केसी, दीर्घनारायण पाण्डे, धर्मबहादुरलाल श्रीवास्तव, सहसराम यादव, सुष्मा यादव, माला गोताम, फैजिया खातुनलगायतले यहाँ हालसम्म कोरोना संक्रमण नदेखिएकाले डराउनुपर्ने अवस्था नरहेको बताए ।

लकडाउन समयमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले अत्यावश्यक कामका लागि ७०० पास जारी गरेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  १० : ४० बजे

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल

सहमहामन्त्री खुलातर्फ ५८४ मत गन्दा कसले कति ल्याए ?

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदका निम्ति मतगणना जारी छ

क्षतिग्रस्त भौतिक पूर्वाधार पुनः सञ्चालनमा ल्याइने प्रधानमन्त्रीको भनाइ

काठमाडौं – गोरखाको चुमनुव्री गाउँपालिकास्थित बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आउँदा

चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध

वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको समयमा हुन सक्ने

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त