नेकपाको आन्तरिक विवादका बीच चिनियाँ राजदूतको ‘अर्थपूर्ण’ दौडधूप « Khabarhub

नेकपाको आन्तरिक विवादका बीच चिनियाँ राजदूतको ‘अर्थपूर्ण’ दौडधूप


१९ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आन्तरिक विवाद बढ्दै जाँदा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भने राजनीतिक भेटवार्तालाई तीव्रता दिएकी छन् ।

बिहीबार मात्रै प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेकी यान्छीले शुक्रबार बिहान अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेकी छन् ।

पछिल्लो समय नेकपामा देखिएको विवादले सरकार परिवर्तनसम्म हुन सक्ने चर्चा चलिरहेका बेला राजदूत यान्छीको शीर्ष नेतासँगको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

राजदूत यान्छीले बिहीबार बेलुका प्रधानमन्त्री ओलीसँगको भेटमा नेपालको राजनीतिक परिस्थिति र कोरोना भाइरस रोकथामका विषयमा नेपाल सरकारले गरिरहेको प्रयासका विषयमा छलफल गरेकी थिइन । प्रधानमन्त्रीलाई भेट्न यान्छी बेलुका ८ बजे बालुवाटर पुगेकी थिइन् । राजदूत यान्छी र प्रधानमन्त्री ओलीबीच झण्डै २ घण्टा कुराकानी भएको थियो ।

त्यस्तै राजदूत यान्छीले शुक्रबार बिहान नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेकी छन् । अध्यक्ष प्रचण्डलाई भेट्न यान्छी बिहान ९:३० बजेतिर खुमलटार पुगेकी थिइन । प्रचण्डसँग यान्छीले बिहान ९:३० देखि १०:३० सम्म गरी एक घण्टा कुराकानी गरिन् । नेकपाभित्र प्रधानमन्त्री केपी शर्मा ओली र अन्य नेताहरुबीच दुरी बढिरहेका बेला राजदूत यान्छीले प्रधानमन्त्री पछि कार्यकारी अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेकी हुन् ।

प्रचण्डसँगको भेटमा पनि उनले पछिल्लो समय नेपालमा भइरहेको राजनीतिक परिस्थितिका बारेमा चासो राखेको बताइएको छ ।

प्रचण्डलाई भेटेपछि यान्छी बरिष्ठ नेता एवम् नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेकी थिइन् । नेपालसँगको भेटमा पनि राजदूत यान्छीले नेकपाभित्रको पछिल्लो राजनीतिक अवस्थाका विषयमा कुराकानी गरेकी बुझिएको छ ।

नेकपाका नेता एवं विदेश विभागका उपप्रमुख विष्णु रिजालले नेपालका लागि चिनियाँ राजदूत यान्छीले अध्यक्ष प्रचण्ड र नेता नेपालसँग छुट्टाछुट्टै भेट गरेको जानकारी दिए । भेटका क्रममा दुई देशबीचको घनिष्ठ सम्बन्धका विविध पक्षका बारेमा कुराकानी भएको उनको भनाइ छ ।

नेकपाभित्र विवाद बढ्दै जाँदा राजदूत यान्छीको सक्रियता बढेको छ । उनले गत वैशाख १८ गते साँझ प्रधानमन्त्री ओलीसँग भेटेकी थिइन् । पछिल्ला दिन राजदूतको बाक्लिँदो भेटका बारेमा प्रधानमन्त्रीको सचिवालय र राजदूतावासले केही बोलेको छैन।

अघिल्लो साता राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच टेलिफोनवार्ता भएको थियो। त्यस्तै बुधवार दिउँसो वरिष्ठ नेता नेपालले चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय बिभागका प्रमुख सोङ्ग ताओले पालसंग भिडियो कन्फरेन्स गरेका थिए ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  १२ : ०० बजे

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल

सहमहामन्त्री खुलातर्फ ५८४ मत गन्दा कसले कति ल्याए ?

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदका निम्ति मतगणना जारी छ

क्षतिग्रस्त भौतिक पूर्वाधार पुनः सञ्चालनमा ल्याइने प्रधानमन्त्रीको भनाइ

काठमाडौं – गोरखाको चुमनुव्री गाउँपालिकास्थित बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आउँदा

चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध

वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको समयमा हुन सक्ने

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त