ऋषि कपूरको सम्झनामा अमिताभले लेखे ब्लग « Khabarhub

ऋषि कपूरको सम्झनामा अमिताभले लेखे ब्लग


१९ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अमिताभ बच्चनले हालै ऋषि कपूरको निधनको खबर दिँदै लेखे कि, म टुटेको छु । पछि उनले आफ्नो ट्वीट डिलिट गरे ।

साँझ अमिताभले ऋषिसँगको पहिलो भेट र दुईबीचको सम्बन्धलाई लिएर एक ब्लग लेखेका छन् ।

अमिताभले लेखेका छन्, ‘राज (अभिनेता राज कपूर) साहेबले एक साँझ मलाई बोलाए, त्यतिबेला नै उनले पहिलोपटक ऋषि कपूरलाई देखेको थिएँ ।’

पहिलो भेटमा ऋषि सानो बालक थिए । उनको चालढाल एकदमै बेग्लै थियो । पछि उनी आरके स्टुडियोमा प्रायः देखिन्थे ।

अमिताभले आफ्नो ब्लगमा लेखेका छन् – हामीले कैयन् पिल्ममा एकसाथ काम गर्‍यौं, विश्वास गर्नुस्, जब उनले कुनै कुरा गर्थे, त्यतिबेला उनको कुराबाहेक अरु विकल्प नै हुँदैनथ्यो । उनी एकदमै जिनियन थिए ।

‘उनले जति राम्रो गीतमा लिपसिंक गर्थे, शायद दोस्रो अरु कसैले गरोस् ।,’ अमिताभले लेखेका छन् ।

अमिताभले फिल्मको सेटमा आफूहरुले अरुलाई पनि हँसाउने गरेको लेखेका छन् । अमिताभले सम्झेका छन् – ‘केवल सेटमा मात्र होइन, अरु इभेन्टस्मा पनि हामीले रमाइलो गर्थ्यौं ।’

अमिताभले ऋषि बिरामी भएको बेला कुरा गर्दा कहिल्यै पनि बिरामीसँग लडेको महसुस नगराउने गरेको पनि लेखेका छन् । ‘उनले सधै छिटै भेट्ने बताउँथे यो त रुटिनमा अस्पताल आउने जाने हो, म छिट्टै फर्केर आउँछु,’ उनले लेखेका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  १२ : ३५ बजे

रसुवा बाढीपछि पुनरुत्थान प्याकेज अघि बढाउँदै सरकार

काठमाडौं– सरकारले रसुवा बाढीपछि विभिन्न क्षेत्रमा परेको प्रभावलाई सम्बोधन गर्न

क्यानाडाली वस्तुमा ट्रम्पको थप शुल्क, व्यापार विवाद चर्किँदै

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँगको व्यापार विवाद थप चर्काउँदै

रसुवा बाढीको आर्थिक प्रभाव अध्ययन गर्न उपसमिति गठन

काठमाडौं- प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले रसुवामा आएको बाढीले अर्थतन्त्रमा पारेको प्रभाव र

प्रधानमन्त्री बालेनले तीनै सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै, प्रधानसेनापतिलाई भेटे 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले देशका तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय

झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान

काठमाडौं – जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमणका कारण बिरामी हुने र मृत्यु हुने क्रम बढेपछि