५० हजार घुससहित वन उपभोक्ता समितिका अध्यक्ष पक्राउ « Khabarhub

५० हजार घुससहित वन उपभोक्ता समितिका अध्यक्ष पक्राउ


१९ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ५० हजार रुपैयाँ घुस रकमसहित कैलालीको गौरीगंगा नगरपालिका–८ बडैपुरबाट १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गौरीगंगा–१० घर भएका सामुदायिक वन उपभोक्ता समिति उदासीपुरका अध्यक्ष बिर्ख धामी छन् ।

उनले घरायसी झगडालाई उग्र बनाइ इलाका प्रहरी कार्यालय मसुरीया कैलालीमा दर्ता भएको मुद्दामा प्रहरी कर्मचारीको मिलेमतोमा दुःख हैरानी दिएर सर्वसाधारणबाट घुस लिएका अख्तियारले जनाएको छ ।

विशेष सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई बिहीबार घुस रकमसहित बडैपुरबाट नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका धामीमाथि थप अनुसन्धान भइरहेको अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  १२ : ५० बजे

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल

सहमहामन्त्री खुलातर्फ ५८४ मत गन्दा कसले कति ल्याए ?

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदका निम्ति मतगणना जारी छ

क्षतिग्रस्त भौतिक पूर्वाधार पुनः सञ्चालनमा ल्याइने प्रधानमन्त्रीको भनाइ

काठमाडौं – गोरखाको चुमनुव्री गाउँपालिकास्थित बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आउँदा

चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध

वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको समयमा हुन सक्ने

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त