केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलनमा राजपा | Khabarhub Khabarhub

केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलनमा राजपा


१९ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संघीय समाजवादीसँग एकता गरेको राष्ट्रिय जनता पार्टी(राजपा)ले केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन गरिरहेको छ ।

वैशाख १० गते मध्यरातमा समाजवादी पार्टी र राजपाबीच एकता भएर जनता समाजावादी पार्टी गठन भएको थियो ।

पार्टी एकीकरण भएको सहमतिबारे निर्वाचन आयोगलाई जानकारी गराइएको थियो ।

नयाँ पार्टी दर्ता प्रकृयालाई अघि बढाउनका लागि कागजपत्ररु आयोगमा बुझाउन आवश्यक हुन्छ ।  त्यसका लागि आ आफ्ना दलका केन्द्रिय समितिको सहमति र निर्णय लगायतका आवश्यक कुराहरुको व्यवस्थापनका लागि यतिबेला राजपा सक्रिय बनेको हो ।

राजपाका संयोजक शरदसिंह भण्डारीका अनुसार जतिसक्दो चाँडो दर्ता प्रकृयामा जानका लागि केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन भइरहेको हो ।

पार्टी एकताका लागि भएको सैद्धान्तिक सहमतिलाई केन्द्रीय सदस्यहरुलाई जानकारी गराइसकेको उनले बताए ।

संयोजक भण्डारीका अनुसार अध्यक्ष मण्डलले राजपा र समाजवादीबीच एकता गर्ने सैद्धान्तिक सहमतिलाई अनुमोदन गरेको छ ।
‘वैशाख १६ गते अध्यक्षमण्डलको बैठकले पार्टी एकताको सहमतिलाई अनुमोदन गरेको छ अब बाँकी रहेका काममा हामी केन्द्रित भएका हौं,’s उनले भने ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  २ : ३२ बजे

भात नै पोखिएपछि माडको के आस ?

गुरु द्रोणाचार्यले महाभारत युद्धमा सहादत प्राप्त गरेपछि सेनापति कसलाई बनाउने

विजयोत्सव मनाउन ओली इलाम जाँदै

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाने

ओलीले दिए सुहाङलाई बधाइ, भन्छन्– ‘युवालाई अघि बढाउँछौँ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर

आईपीएल : आज लखनउ र मुम्बई भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लखनउ सुपर जाइनट

शिक्षासहित तीन समितिका बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिका बैठक आज बस्दैछन् । आज