वैशाख २५ पछि लकडाउन खुकुलो पारिने स्वास्थ्यमन्त्री ढकालको संकेत « Khabarhub

वैशाख २५ पछि लकडाउन खुकुलो पारिने स्वास्थ्यमन्त्री ढकालको संकेत


१९ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले वैशाख २५ गतेपछि लकडाउन केही खुकुलो पारिने संकेत गरेका छन् ।

शुक्रबार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा मन्त्री ढकालले दैनिक जीवनयापन सहज हुने गरी लकडाउन खुकुलो हुने संकेत गरेका हुन् ।

मन्त्री ढकालले सबै क्षेत्रबाट संक्रमणको जोखिमलाई मध्यनजर गर्दै लकडाउन खुकुलो बनाउने विषयमा सुझावहरु आइरहेको उल्लेख गर्दै सरकारले पनि त्यस विषयमा आन्तरिक गृहकार्य गरिरहेको बताए ।

कृषि, उद्योग धन्दा तथा अरु महत्वपूर्ण कुराहरुलाई मध्यनजर गर्दै लकडाउनको स्वरुप परिवर्तन हुन सक्ने मन्त्री ढकालको भनाइ छ ।

‘बन्दाबन्दी विगतको भन्दा नयाँ ढंगले जानुपर्छ । अब सहजीकरण गर्दै जानुपर्छ । कृषि, उद्योगधन्दाहरु अरु विभिन्न खालका विषयमा अतिरिक्त महत्वपूर्ण कुराहरुका विषयमा विचार पुर्‍याउनपर्छ,’ मन्त्री ढकालले भने, ‘कोरोना भनेकै कारण दिर्घरोगी अस्पतालको सेवाबाट बञ्चित हुने, लकडाउनका कारण घरमा बिरामी भएन भने अस्पतालसम्म पुर्‍याउन नसकिने अवस्थालाई मध्यनजर गर्दै एम्बुलेन्सलाई एकिकृत बनाएर कसरी सेवा दिन सकिन्छ भन्ने विषयमा गृहकार्य भइरहेको छ ।’

विभिन्न क्षेत्रबाट गाउँ फर्किएका व्यक्तिको र्‍यापिड डाइग्नोस्टि टेस्ट (आरडीटी) विधिमार्फत परीक्षण जारी रहेको पनि मन्त्री ढकालले जानकारी दिए ।

पछिल्लो समय सर्वोच्च अदालतले बाटोमा रहेका र सीमा नाका रहेका नागरिकहरुलाई उनीहरुको घरसम्म पुर्‍याउन आदेश जारी गरेपछि सरकारले घर पुर्‍याउने नीति अवलम्बन गरेको पनि मन्त्री ढकालले बताए ।

मन्त्री ढकालका अनुसार अहिले बाटोमा रहेका नागरिकको उद्धार गर्ने र आरडीटी परीक्षण गर्ने क्रम चलिरहेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ३ : ०३ बजे

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल

सहमहामन्त्री खुलातर्फ ५८४ मत गन्दा कसले कति ल्याए ?

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदका निम्ति मतगणना जारी छ

क्षतिग्रस्त भौतिक पूर्वाधार पुनः सञ्चालनमा ल्याइने प्रधानमन्त्रीको भनाइ

काठमाडौं – गोरखाको चुमनुव्री गाउँपालिकास्थित बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आउँदा

चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध

वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको समयमा हुन सक्ने

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त