क्वारेन्टाइनमा राखिएका युवाद्वारा आत्महत्या « Khabarhub

क्वारेन्टाइनमा राखिएका युवाद्वारा आत्महत्या


१९ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतामाई– उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–१ मुर्कुचीस्थित जनता क्याम्सको क्वारेन्टाइनमा राखिएका १ युवकले बुधबार राति आफ्नी श्रीमतीको सलले घाँटीमा बेरेर आत्महत्या गरेका छन् ।

आत्महत्या गर्नेमा सोही गाउँपालिका–७ गुराँसेका १९ वर्षीय सुमन विक रहेको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रकुमार खड्काले बताए । केही दिनअघि श्रीमतीसँगै काठमाडौँबाट घर आउने क्रममा विकलाई जनता क्याम्स मुर्कुचीको क्वारेन्टाइनमा राखिएको रौतामाई गाउँपालिकाले जनाएको छ ।

श्रीमतीको सल निकालेर भित्ताको रडमा बाँधी घाँटीमा बेरेर विकले आत्महत्या गरेको खुल्नमा आएको अध्यक्ष खड्काले बताए ।

अध्यक्ष खड्का अनुसार, अहिले जनता क्याम्सको क्वारेन्टाइनमा विकको सर्जिमिन मुचुल्का गर्ने काम शुरु भएको छ । विक र उनकी श्रीमती काठमाडौं चाबहिलमा बस्दै आएको र पोखरा–काठमाडौँ ट्राभल एजेन्सीमा काम गर्ने गरेका थिए ।

उनलाई वैशाख ११ गतेदेखि रौता जनता क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो । प्रहरी चौकी मुर्कुचीका प्रहरी टोलीले सर्जिमिन मुचुल्का गर्ने काम भइरहेको र विकका आफन्तलाई पनि घरबाट झिकाउने काम भएको अध्यक्ष खड्काले बताए । विकले आत्महत्या किन गरे भन्नेबारे केही खुल्न नसकेको उनले बताए ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ४ : ०३ बजे

छिमेकमा ब्रिक्स सम्मेलन : नेपाल न टेबलमा, न मेनुमा ?

काठमाडौं- नयाँ दिल्लीमा शनिबार र आइतबार दुई दिनसम्म चलेको १८औँ

विश्व अर्थतन्त्र सुधार्न दिल्लीमा शक्तिराष्ट्रको कसरत, नेपाल बेखबर

भारतको राजधानी नयाँ दिल्लीमा विश्व अर्थतन्त्र र बदलिँदो भू–राजनीतिक शक्तिसन्तुलनसँग

रसुवा बाढीले क्षतिग्रस्त महादेव फाँट-छबिसे सडक निर्माण तीव्र (तस्बिरहरू)

धादिङ– रसुवामा आएको बाढीका कारण त्रिशूली नदीले सडक कटान गरेपछि

तेह्रौँ बेइजिङ स्याङसङ फोरममा सहभागी हुन प्रधानसेनापति चीन प्रस्थान

काठमाडौं– प्रधान सेनापति अशोकराज सिग्देल बेइजिङमा आयोजना हुने ‘तेह्रौँ बेइजिङ स्याङसङ

ऊर्जामन्त्री श्रेष्ठ भन्छन् : जोखिमपूर्ण हिमताल फुटाएर जलस्तर घटाउने योजना बनाउँदैछौँ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल