बेलका र मैनामैनीमा ५७ जनाको स्वाब सङ्कलन « Khabarhub

बेलका र मैनामैनीमा ५७ जनाको स्वाब सङ्कलन


१९ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयुर- अहिले कोरोनाको केन्द्रविन्दुको रुपमा देखापरेको उदयपुर जिल्लाको पूर्वी क्षेत्रको बेलका नगरपालिकाको बेलका र सोही नगरपालिकाको वडा नं ७ मैनामैनीमा ५१ जनाको स्वाब नमूना सङ्कलन गरेको छ ।

जिल्ला स्वास्थ्य कार्यलय उदयपुरका अनुसार बिहीबार जिल्लाको बेलका नगरपालिकाको रामपुरमा २६ र सोही नपाको मैनामैनीमा २५ गरी कूल ५१ जनाको स्वाब नमूना सङ्कलन गरिएको छ ।

ती सबै नमूना परीक्षणका लागि प्रदेश नं १ जनस्वास्थ्य प्रयोगशाला विराटनगर पठाइएको हो ।

बेलकाको मैनामैनीलाई जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले खतरायुक्त स्थानको रूपमा सूचीकृत गरेको कारण पनि मैनामैनी र बेलकामा स्वाब नमूना सङ्कलन गरेर परीक्षणका लागि विराटनगर पठाइएको कार्यालय प्रमुख मोहन सुवेदीले बताए ।

त्यसैगरी जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रको भुल्के, गाईघाट, बोक्से, मोतिगडा क्षेत्रका ८३ जनाको स्वाब नमूना .सङ्कलन गरेर परीक्षणका लागि विराटनगर पठाएकामा ५७ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने अन्य व्यक्तिको रिपोर्ट आउन बाँकी छ ।

बिहिबार ५७ जनाको रिपोर्ट नेगेटिभ आएको र बाँकी अन्यको आज साँझसम्ममा रिपोर्ट आउन सक्ने स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

स्वास्थ्य कार्यलय उदयपुरका टोली र बेलकाका स्वास्थ्यकर्मीसहित १० जनाको टोलीले स्वाब नमूना सङ्कलन गरेको स्वास्थ्य कार्यलयले जनाएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ६ : ०० बजे

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल

सहमहामन्त्री खुलातर्फ ५८४ मत गन्दा कसले कति ल्याए ?

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदका निम्ति मतगणना जारी छ

क्षतिग्रस्त भौतिक पूर्वाधार पुनः सञ्चालनमा ल्याइने प्रधानमन्त्रीको भनाइ

काठमाडौं – गोरखाको चुमनुव्री गाउँपालिकास्थित बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आउँदा

चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध

वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको समयमा हुन सक्ने

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त