कोरोना नियन्त्रणमा सेना परिचालन गर्न खोजिएकोमा कांग्रेस सांसद सिंहको आपत्ति « Khabarhub

कोरोना नियन्त्रणमा सेना परिचालन गर्न खोजिएकोमा कांग्रेस सांसद सिंहको आपत्ति


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका सांसद डा. अमरेशकुमार सिंहले कोरोना नियन्त्रणमा सरकारले सेना परिचालन गर्न खोजेकोमा आपत्ति जनाएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले विपत व्यवस्थापनको जिम्मा ऐनले गृह मन्त्रालयलाई दिए पनि सरकारले कोरोना नियन्त्रणका लागि सेना परिचालन गर्न लागेकोमा आपत्ति जनाएका हुन् । उनले सेना परिचालन भए लोकतन्त्रकै हत्या हुने भन्दै त्यसबारेमा संसदमा छलफल गर्न जरुरी रहेकोसमेत बताए ।

‘हामी कस्तो लोकतन्त्रको अभ्यास गरिरहेका छौँ ? यो लोकतन्त्रको मन्दिरमा प्रश्न उठाउन चाहान्छु, हामीले टुलुटुलु हेर्न चाहेको हो,’ सांसद सिंहले भने, ‘विपत व्यवस्थापनको काम गृह मन्त्रालयको भनेर ऐनले व्यवस्था गरेको छ । नेपाली सेना र रक्षामन्त्रालयलाई विपत व्यवस्थापनको जिम्मा दिने भनिएको छैन, सेना परिचालनबारे छलफल होस्, बहस होस् ।’

कोरोना भाइरसको नियन्त्रणका लागि कुनै पनि मुलुकमा सेना परिचालन नभएको उनको दाबी छ ।

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  १२ : २१ बजे

आजदेखि बृहस्पति अस्त, शास्त्रीय आधारमा काम्य कर्म गर्न निषेध

काठमाडौं – बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा

काठमाडौं – न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष

संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं – संविधान संशोधनसम्बन्धी राष्ट्रिय बहसको आधार तयार गर्न गठित

वर्षा र पहिरोका कारण देशभरका यी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं – लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका