कोरोना नियन्त्रणमा सेना परिचालन गर्न खोजिएकोमा कांग्रेस सांसद सिंहको आपत्ति « Khabarhub

कोरोना नियन्त्रणमा सेना परिचालन गर्न खोजिएकोमा कांग्रेस सांसद सिंहको आपत्ति


१९ जेष्ठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका सांसद डा. अमरेशकुमार सिंहले कोरोना नियन्त्रणमा सरकारले सेना परिचालन गर्न खोजेकोमा आपत्ति जनाएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले विपत व्यवस्थापनको जिम्मा ऐनले गृह मन्त्रालयलाई दिए पनि सरकारले कोरोना नियन्त्रणका लागि सेना परिचालन गर्न लागेकोमा आपत्ति जनाएका हुन् । उनले सेना परिचालन भए लोकतन्त्रकै हत्या हुने भन्दै त्यसबारेमा संसदमा छलफल गर्न जरुरी रहेकोसमेत बताए ।

‘हामी कस्तो लोकतन्त्रको अभ्यास गरिरहेका छौँ ? यो लोकतन्त्रको मन्दिरमा प्रश्न उठाउन चाहान्छु, हामीले टुलुटुलु हेर्न चाहेको हो,’ सांसद सिंहले भने, ‘विपत व्यवस्थापनको काम गृह मन्त्रालयको भनेर ऐनले व्यवस्था गरेको छ । नेपाली सेना र रक्षामन्त्रालयलाई विपत व्यवस्थापनको जिम्मा दिने भनिएको छैन, सेना परिचालनबारे छलफल होस्, बहस होस् ।’

कोरोना भाइरसको नियन्त्रणका लागि कुनै पनि मुलुकमा सेना परिचालन नभएको उनको दाबी छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७७, सोमबार  १२ : २१ बजे

एनपीएल अन्तर्गत विराटनगर र सुदूरपश्चिमबीचको खेल ५ ओभरमा छोट्याइयो

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल ५

महामन्त्री आचार्य नेतृत्वको रास्वपा टोली चीन जाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्य नेतृत्वको

वर्षाले फूल खेतीमा क्षति, किसान निराश

सिरहा – तिहार र छठ पर्वलाई लक्षित गरी सयपत्री फूल

पुल नहुँदा बारीमै कुहिन्छ कृषि उपज, समस्या समाधान गर्ने गृहमन्त्रीको प्रतिबद्धता

गोरखा – सडक तथा पुलको अभावमा कृषि उपज बजारसम्म पुर्‍याउन

मेलम्ची आयोजनाले सडक बन्द गर्दा स्थानीयवासीलाई सास्ती, एक सातादेखि आवागमन ठप्प

काठमाडौँ– मेलम्ची खानेपानी आयोजनाले सुन्दरीजलबाट सिन्धुपाल्चोक र नुवाकोट जाने सडक