आमिर खानको टिमका ७ जनामा कोराना संक्रमण « Khabarhub

आमिर खानको टिमका ७ जनामा कोराना संक्रमण


१७ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतमा कोरोना भाइरसको संक्रमणले रफ्तार लिएको छ । संक्रमितको संख्या दिनानुदिन बढ्दो छ ।

बलिउडका कैयन् सेलिब्रेटी कोरोनाको शिकार भइसकेको छ । यसैबीच बलिउड अभिनेता आमिर खानको टिमका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आमिरका सुरक्षाकर्मीसहित ७ जनाको कोरोना संक्रमण भएको जनाइएको छ । ती सबै संक्रमितलाई क्वारेन्टिनमा राखिएको छ । आमिरले ट्वीटरमार्फत बीएमसी अफिसियललाई धन्यवाद दिएका छन् ।

७ जनामा कोरोना देखिएपछि आमिरको परिवार चिन्तामा परेको छ । भारतीय मिडियाका अनुसार आमिरसँगै उनका परिवारको पनि कोरोना परीक्षणका लागि स्वाब लिइएको छ । रिपोर्ट आउन अझै बाँकी छ ।

आमिर खान १५ जुलाईबाट आफ्नो फिल्म ‘लाल सिंह चड्ढा’ को शूटिङ गर्ने योजनामा थिए । तर, कोरोनाका कारण अहिले शूटिङ सम्भावना देखिएको छ ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  १२ : १४ बजे

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय

तीनै फिल्मलाई बराबर जस्तै शो, सबैको प्रि–बुकिङ न्यून

काठमाडौं – तीन फिल्महरु ‘गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’को

मधेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता सिंहले लिए शपथ

महेन्द्रनगर– मधेस प्रदेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता डा. सुनिलरञ्जन सिंहले आज

कङ्गोमा भारी वर्षा, १८ जनाको मृत्यु, ३० भन्दा बढी बेपत्ता

एजेन्सी– पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा भारी वर्षा पछि

फुटेको ऐनामा शेरबहादुरको अनुहार !

२०१५ सालको चुनावमा दुई तिहाइको म्यान्डेट पाएपछि कांग्रेसका सांसदहरू हौसिएर