भारतमा टिकटकमाथि प्रतिबन्ध लागेपछि मलाइका खुशी ! « Khabarhub

भारतमा टिकटकमाथि प्रतिबन्ध लागेपछि मलाइका खुशी !


१७ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टिकटकसहित ५९ वटा चिनियाँ एपलाई भारतमा प्रतिबन्ध लगाइएपछि बलिउड नायिका मलाइका अरोराले खुशी व्यक्त गरेकी छिन् ।

उनले आफ्नो इन्स्टाग्राम एकाउन्टमा प्रतिक्रिया जनाउँदै आफूलाई खुशी लागेको बताएकी छिन् । ‘आखिरमा अब हामीलाई हाँसोलाग्दा भिडियो हेर्नुपर्ने छैन’ उनले लेखेकी छिन् ।

मलाइका सामाजिक सञ्जाल इन्स्टाग्राममा भने सक्रिय रहन्छिन् । उनले सामाजिक सञ्जालमा बोल्ड तस्वीर शेयर गर्छिन् ।

टिकटकमाथि प्रतिबन्ध लाग्दा अन्य केही सेलिब्रेटीले खुशी व्यक्त गरेका छन् । टिकटक स्टार्स भने दुःखी छन् ।

चीन र भारतबीच केही समययता सम्बन्ध बिग्रेको छ । भारतीयहरुले भारतमा चिनियाँ सामान बहिष्कार गर्ने अभियान चलाएका छन् ।

भारतले ५९ वटा एपमा प्रतिबन्ध लगाएपछि चीनले पनि केही भारतीय साइट र समाचार संस्थामा प्रतिबन्ध लगाएको बताएको छ ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  १२ : ३४ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने