भारतमा टिकटकमाथि प्रतिबन्ध लागेपछि मलाइका खुशी ! « Khabarhub

भारतमा टिकटकमाथि प्रतिबन्ध लागेपछि मलाइका खुशी !


१७ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टिकटकसहित ५९ वटा चिनियाँ एपलाई भारतमा प्रतिबन्ध लगाइएपछि बलिउड नायिका मलाइका अरोराले खुशी व्यक्त गरेकी छिन् ।

उनले आफ्नो इन्स्टाग्राम एकाउन्टमा प्रतिक्रिया जनाउँदै आफूलाई खुशी लागेको बताएकी छिन् । ‘आखिरमा अब हामीलाई हाँसोलाग्दा भिडियो हेर्नुपर्ने छैन’ उनले लेखेकी छिन् ।

मलाइका सामाजिक सञ्जाल इन्स्टाग्राममा भने सक्रिय रहन्छिन् । उनले सामाजिक सञ्जालमा बोल्ड तस्वीर शेयर गर्छिन् ।

टिकटकमाथि प्रतिबन्ध लाग्दा अन्य केही सेलिब्रेटीले खुशी व्यक्त गरेका छन् । टिकटक स्टार्स भने दुःखी छन् ।

चीन र भारतबीच केही समययता सम्बन्ध बिग्रेको छ । भारतीयहरुले भारतमा चिनियाँ सामान बहिष्कार गर्ने अभियान चलाएका छन् ।

भारतले ५९ वटा एपमा प्रतिबन्ध लगाएपछि चीनले पनि केही भारतीय साइट र समाचार संस्थामा प्रतिबन्ध लगाएको बताएको छ ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  १२ : ३४ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र