समयमै वर्षा हुँदा रोपाइँ गर्न सहज « Khabarhub

समयमै वर्षा हुँदा रोपाइँ गर्न सहज


१७ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- वर्षा अनुकूल भएपछि यसवर्ष बाँकेमा असार महिनामै धान रोपाइँ सकिने भएको छ । आकाशे पानीको भरपर्ने बाँकेका अधिकांश किसानले यो वर्ष पानी परिरहेका कारण समयमै धान रोप्न पाएका हुन ।

बाँकेमा हालसम्म करिब ४५ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले जानकारी दिए ।

विगतका वर्षमा साउन महिनाको अन्तिमसम्म रोपाइँ हुने भए पनि यो वर्ष असारको अन्तिमसम्म अधिकांश रोपाइँ सकिने भएको उनले बताए ।

जिल्लामा धानखेती हुने ३६ हजार ५०० हेक्टरमध्ये ४५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । गत वर्षको तुलनामा यसवर्ष दोब्बर क्षेत्रफलमा रोपाइँ सम्पन्न भइसकेको छ ।

हरेक दिन कम्तीमा पनि पाँच प्रतिशतका दरले रोपाइँ भइरहेको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख ढकालले जानकारी दिए ।

जानकी, खजुरा, राप्ती सोनारी र बैजनाथ गाउँपालिका क्षेत्रमा अन्यत्र भन्दा बढी रोपाइँ भएको उनको भनाइ छ । बाँकेका किसानले यसवर्ष पनि राधा–४, सुख्खा–३, सावित्री, मन्सुली, रामधान जातको धान रोपाइँ गरेका छन् । जानकी गाउँपालिका ५ बेलहरीका किसान सुरेश अहिरले यो वर्ष आकाशे पानी परिरहेका कारण बेलैमा धान रोपाइँ गर्न पाएकोमा खुशी व्यक्त गरे ।

आफ्नो करिब चार बिगाह खेतमा धान रोपेर सकिएको बताउँदै किसान अहिरले बेलहरी गाउँका सबैजसो किसानले धान रोपेर सकिसकेको जानकारी दिए ।

बाँकेको जानकी गाउँपालिकामा ७० प्रतिशत भन्दा बढी रोपाइँ भइसकेको प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले बताए । बाँकेमा धानखेती हुने ३६ हजार ५०० हेक्टर जमिनमध्ये करिब १३ हजार ७०० अर्थात् करिब २५ प्रतिशत क्षेत्रमा मात्रै सिँचाइ सुविधा छ ।

सिँचाइ सुविधा नहुँदा किसान वर्षेनि आकाशे पानीको भरमा धानखेती गर्न बाध्य छन् । यो वर्ष बाँकेमा कृषि सामग्री कम्पनी लिमिटेड नेपालगञ्जले जेठको अन्तिमबाटै रासायनिक मल बिक्री वितरण शुरु गरेका कारण किसानलाई सहज भएको छ ।

युरिया मलका लागि वर्षेनि सास्ती व्यहोर्न बाध्य बाँकेका किसानलाई यसवर्ष कष्ट व्यहोर्न नदिन पहल गरिएको जिल्ला सहकारी सङ्घ बाँकेका अध्यक्ष प्रेम सुवेदीले बताए ।

प्यूठानमा ९५ प्रतिशत रोपाइँ

प्यूठानमा हालसम्म ९५ प्रतिशत धान रोपाइँ सकिएको छ । समयमा पानी परेपछि जिल्लाका विभिन्न स्थानीय तहमा रहेका खेतीयोग्य फाँटमा धान रोपिएको हो ।
कोरोना सङ्क्रमणका कारण गरिएको बन्दाबन्दीले पनि किसानले यसवर्ष समयमै धान रोपेको कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थविज्ञ उमेश श्रेष्ठले बताए ।

सिँचाइ कुलो र आकाशे पानीको भरमा लगाइने खेतमा समयमै पानी पर्दा रोपाइँ छिटो सकिएको हो । उनले भने,–“जिल्लामा छिटफुट बाहेक अन्य सबै ठाउँमा धान रोपाइँ भइसकेको छ । ”

जिल्लामा यस वर्ष राधा ७, राधा ९, राधा १४, सावित्रीलगायतका जातका धान किसानले रोपेका छन् । अघिल्लो वर्षको तुलनामा जिल्लामा यस वर्ष धानखेती गर्ने क्षेत्रफलमा वृद्धि भएको अनुमान गरिएको छ । अघिल्लो वर्ष ६ हजार ५२५ हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो भने यस वर्ष ६ हजार ५५० हेक्टर क्षेत्रफलमा धान रोपाई भएको कृषि अर्थविज्ञ श्रेष्ठले बताए ।

अघिल्ला वर्षमा बाँझा छाडिएका खेतमा यस वर्ष रोपाइँ गरिएको छ । कोरोना सङ्क्रमणका कारण भारत, तेस्रोमूलुक र नेपालका विभिन्न स्थानबाट फर्किएका युवाले बाँझो जमिनमा पनि धान रोपेको पाइएको श्रेष्ठले बताए ।

रोपण क्षेत्रफल बढेसँगै प्यूठानमा यस वर्ष धान उत्पादन बढ्ने अनुमान गरिएको उनले बताए ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  ३ : ०९ बजे

आरसीबीले बनायो कीर्तिमानी स्कोर, गुजरातलाई २५५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग २०२६ को क्वालिफायर–१ मा रोयल

वैदेशिक रोजगारीबाट श्रीलंकामा उच्च रेमिट्यान्स भित्रिने अपेक्षा

कोलम्बो – श्रीलंकाले सन् २०२६ को अन्त्यसम्म वैदेशिक रोजगारीबाट प्राप्त

मनसुनी विपद्ः उद्धारका लागि एक सय ३४ गोताखोरसहित २६ हजार सुरक्षाकर्मी तयारी अवस्थामा

काठमाडौं – नेपालमा प्रवेश गर्न लागेको मनसुनका समयमा हुने विपद्जन्य

समस्याग्रस्त सहकारीको ऋण असुल्दै, बचत फिर्ता गर्दै सरकार

काठमाडौँ – सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम

कोशी प्रदेशसभाको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित

विराटनगर – कोशी प्रदेशसभाको आज बसेको बैठकमा कोशी प्रदेश सरकारको