काभ्रेमा टिप्परले ठक्कर दिँदा दाजु–भाइको ज्यान गयो | Khabarhub Khabarhub

काभ्रेमा टिप्परले ठक्कर दिँदा दाजु–भाइको ज्यान गयो


१७ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- काभ्रेको धुलिखेलमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एकै घरका दाजुभाइको ज्यान गएको छ ।

मृत्यु हुनेमा धुलिखेल नगरपालिका–२ रविओपी बस्ने मोटरसाइकलमा सवार वेदप्रसाद कोइराला र गोवर्धन कोइराला रहेको काभ्रेका एसपी रवि पौडेलले जानकारी दिए । एसपी पौडेलका अनुसार मृतक दुवै जना दाजुभाइ हुन् ।

एसपी पौडेलले भने, ‘पाँचलबाट रविओपीतर्फ जाँदै गरेको बा ४ ख ६३८६ नम्बरको टिप्परले आज (बुधबार) सोही दिशातर्फ जाँदै गरेको बा ३६ प ५०५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुवै जना घाइते भएका थिए ।

घाइते दाजुभाइलाई उद्धार गरी शीर मेमोरियल अस्पताल लगिएको भए पनि उनीहरुको उपचारको क्रममा मृत्यु भएको छ ।’

टिप्पर चालक भने फरार रहेको र उनको खोजी भइरहेको उनले बताए ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  ६ : ४९ बजे

आज २०८२ साल कात्तिक २६ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २६ गते बुधबार। मंसिर

भारतीय ट्रकको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

विराटनगर- विराटनगरमा मंगलबार साँझ भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको

सरकार र मेलम्चीका स्थानीयबीच जुट्यो सहमति

काठमाडौं– खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रका स्थानीयबीच

कास्कीबाट जेनजी आन्दोलनमा लुटपाट तथा आगजनी गर्ने पाँचजना पक्राउ

गण्डकी- कास्की प्रहरीले जेनजी आन्दोलनमा लुटपाट, तोडफोड तथा आगजनी गर्ने