टिप्परले सेनाको गाडीलाई ठक्कर दिँदा पाँच सैनिक घाइते « Khabarhub

टिप्परले सेनाको गाडीलाई ठक्कर दिँदा पाँच सैनिक घाइते


१७ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा- गोरखामा नेपाली सेनाको गाडीलाई टिप्परले ठक्कर दिँदा पाँच सैनिक घाइते भएका छन्।

मझुवा चेकप्वाइन्टबाट फर्कंदै गरेको बा १ झ ५८०० नम्बरको सेनाको भ्यानलाई विपरीत दिशाबाट गएको लु १ क ३८४६ नम्बरको टिपरले बुधबार अपराह्न ठक्कर दिँदा सेनाका पाँच जना घाइते भएका हुन् ।

गोरखा नगरपालिका ११ को १५ किलो घुम्तीमा भ्यानलाई टिप्परले ठक्कर दिएको प्रहरीले जनाएको छ।

उनीहरुमध्ये रञ्जित रानालाई बढी चोट लागेको रणसिँह दल गणका गणपति उज्वल केशीले जानकारी दिए।

घाइते सबैलाई गोरखा अस्पताल ल्याइएको जिल्ला ट्राफिक प्रहरी प्रमुख मित्रलाल ढकालले जानकारी दिए।

टिप्परका चालकलाई नियन्त्रणमा लिइएको उनले बताए।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  ७ : ०६ बजे

बाढी प्रभावितलाई उबरको ५० लाख सहयोगसहित ‘राइड फर नेपाल’ अभियान सुरु

काठमाडौं– बाढी प्रभावितमा सहयोग पुर्‍याउने उद्देश्यले ‘उबरले राइड फर नेपाल’

तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेशमा लगाइएको प्रतिबन्ध रोकियो

न्युयोर्क– अमेरिकी सङ्घीय न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सीएनएन, एमएस

रसुवा बाढी प्रभावित बालबालिकाको उद्धार र पुनर्मिलन प्राथमिकतामा राखेका छौँ : मन्त्री बादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

युक्रेन युद्धमा ४७ देशका नागरिक रुसी पक्षबाट लड्दैछन् : जेलेन्स्की

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले युक्रेनविरुद्धको युद्धमा ४७ देशका

बाढी अगाडि महानगरको पूर्वतयारी : र्‍याफ्टिङ बोट, पानी तान्ने पम्प र विद्यालयमा अस्थायी होल्डिङ सेन्टर

काठमाडौं– काठमाडौँ महानगरपालिकाले मौसमजन्य सम्भावित विपद् जोखिम घटाउन पूर्वतयारी र