लकडाउन खुलेपछि कोरोना संक्रमण दर बढ्यो : डा. गौतम  « Khabarhub

लकडाउन खुलेपछि कोरोना संक्रमण दर बढ्यो : डा. गौतम 


१७ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लकडाउन खुलेपछि नेपालमा कोरोना संक्रमितको संख्या वृद्धि भएको छ।

लकडाउन खुल्नुअघिको ११ दिन र लकडाउन खुलेपछिको ११ दिन (साउन ७–१७)को तुलना गर्दा संक्रमितको संख्यामा ०.८ प्रतिशतले वृद्धि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।

लकडाउन खुल्नुअघिको ११ दिनमा ४७ हजार ८७७ नमुनाको पीसीआर परीक्षणमा एक हजार ३४५ जनामा संक्रमण देखिएको थियो। यो भनेको २.८ प्रतिशत हो।

त्यस्तै लकडाउन खुलेको ११ दिनसम्म ५८ हजार १७४ नमुनाको पीसीआर परीक्षणमा दुई हजार ९२ जना नयाँ संक्रमित देखिएका थिए। यो भनेको ३.६ प्रतिशत हो।

मन्त्रालयले बन्दाबन्दी खुलेपछि रोकथामका प्रयासहरु पालना नगर्दा संक्रमण बढेको जनाएको छ।

विशेषगरी सामाजिक दूरी कायम नगर्ने, सीमा नाकाबाट स्वाब संकलन नगरी भित्रन दिने र मास्क नलगाउने गर्दा संक्रमणको खतरा झनै बढेर गएको जनाएको छ।

शनिबार मात्रै ३१५ जनामा संक्रमण पुष्ट भएको छ भने संक्रमित संख्या २० हजार ८६ पुगेको छ।

कोरोना संक्रमणको दर बढेसँगै मन्त्रालयले स्थलमार्गबाट आउनेहरुको सीमा क्षेत्रमै स्वाब संकलन गरी रिपोर्ट नआउन्जेलसम्म क्वारेन्टाइनमै राख्न निर्देशन दिएको छ ।

त्यसैगरी २५ जना भन्दा बढी एकै ठाउँमा भेला नगर्न र नगराउन पनि मन्त्रालयले आग्रह गरेको छ । यो निकै आत्मघाती हुनसक्ने स्वास्थ्य मन्त्रालयलका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनले स्वास्थ्यप्रति विशेष ख्याल गर्न पनि अनुरोध गरे ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ५ : २४ बजे

शिक्षा क्षेत्रमा संरचनागत सुधार अपरिहार्य : शिक्षामन्त्री पोखरेल

जनकपुरधाम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले समयको आवश्यकता अनुसार शिक्षा

बौद्धमा आत्मदाह प्रयास गरेकी महिलाको उपचारका क्रममा मृत्यु 

काठमाडौं– बौद्धमा आत्मदाह प्रयास गरेकी महिलाको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा

सुर्खेतमा दुई दिन कुरेर सिलिन्डर भर्छन् उपभोक्ता

कर्णाली– सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन आउनेहरूको

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन– ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी– बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा आउन