बिरामी बोकेको एम्बुलेन्स त्रिशूली नदी किनारमा दुर्घटना, ५ जना घाइते « Khabarhub

बिरामी बोकेको एम्बुलेन्स त्रिशूली नदी किनारमा दुर्घटना, ५ जना घाइते


१६ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- बिरामी बोकेको एम्बुलेन्स चितवनको पानीधारा भन्ने ठाउँबाट त्रिशूली नदी किनारमा खस्दा पाँच जना घाइते भएका छन् ।

काठमाडौँबाट बिरामी लिएर सर्लाहीका लागि छुटेको ना ५ च १०३३ नम्बरको एम्बुलेन्स चितवनको इच्छाकामना गाउँपालिका ३ पानीधारामा आज बिहान सवा ५ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा एम्बुलेन्स चालक झापाको गौरीगन्ज गाउँपालिका १ का सरोज दाहाल, सर्लाही बरहथवा नगरपालिका २ का दिलमाया रानामगर, सोही स्थानका बाधे राना मगर, मेक कुमारी राना मगर र नर बहादुर मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घाइते मध्ये बाधे राना मगरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  ९ : २० बजे

गिवाङको पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार

म्याग्दी– निरन्तरको वर्षासँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ गिवाङमा आज आएको पहिरोमा

कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक बन्द

हेटौँडा– लगातारको वर्षाका कारण कुलेखानी जलाशयको पानीको सतह बढ्ने क्रम

झरीपछि खुलेको काठमाडौं (तस्बिरहरू)

काठमाडौं– चार दिनदेखि लगातार परेको वर्षापछि आज काठमाडौं उपत्यकाको मौसम

नेपाल स्काउट विधेयकमा राय सुझाव मागियो

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले ‘नेपाल स्काउटसम्बन्धी कानुनलाई संशोधन र

नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक

नवलपुर– नारायणी नदीमा ठूलो बाढी आएपछि नदीमाथि निर्माण भएको पुलमा